Posted by: fucheketo April 30, 2014
Login in to Rate this Post:
4
?
Liked by
sojoketo, akinchan and thaney- thanks a lot, I ll ttry to meet up ur expectations from this new style.
अरु पढ्नुहुने लाइक गरिदिनुहुनेहरुलाई धन्यवाद
ध्वाँसे हरायो- साहिँलि मगर्नी
रंगकाठको रुखमा दुई जोडी ढुकुर वसेँ। म तिनलाई हेरिरहेँ।दुई घण्टासम्म हेरीरहेँ।आज के भयो तिनीहरुलाई? उडेनन्।रंगकाठको रुखमा के नै भेट्टाउलान र ? ठाडो रुख ,कडा अनि छहारी कम। किन किन मलाई रंगकाठको रुख देख्यो कि ध्वाँसेको सम्झना आउँछ। उ सँग उद्दन्डता छ, मलाई वगाउने छाल छ।डुवाउने गहिराई छ। कडा छ, ठाडो छ तर किन हो किन छहारी कम छ। अव त अभ्यस्त पनि भइसकेकी छु।ध्वाँसे प्रत्येक साँझ आउँछ।साहिँलो निदाएकै हुन्छ पल्लो कोठामा ,उ भने एक छिनको वसाईमा मलाई रातभरका सपना छोडेर जान्छ। म ध्वाँसेकै सुगन्ध काखि च्यापेर निदाउँछु।
तिन दिन अघी हुनुपर्छ, उ आएर मेरो छेउमा वस्यो अनि भन्यो,
"भाउजु थोरै लगाएँ भने केहि भन्दिनौ हैन ?" साहिँलोको गन्हाएको सासले दिक्क भएकी मलाई उसको अनुरोधले कन्पारो ततायो।
"पर्दैन लगाउन ! नभए जा लगा अनि घर जा !" म रिसाइदिएँ।
"भइगो त , मन पर्दैन भन न , म वुझ्छु ! हुन त तिमीमा पनि त नशा छ !" उ लाडियो।
"मोरो गफ गर्न सिक्दैछस् ! तेरै शान्तीलाई भन् त्यसो चाहिँ !"
उ लजायो अनायसै, अनि निराश पनि भयो सँगसँगै !
"मोरी.....मान्दै मान्दिन !"
मलाई हाँसो उठ्यो। उसले वुझेको छैन स्त्रीलाई। को चाहिँ पो नमान्ने होला र उ सँग। शान्ती त मात्र माया जाँच्दै छे उसको ।उ त प्रत्येक परिक्षामा नजानी नजानी पास हुँदैछ। मोरो ध्वाँसे को गाँठिएको शरिर शान्तीको कलिलो उमेर, सपनाभरी नै ध्वाँसेलाई देख्दी हो।
"घुर्की लगा न एक चोटी, नवोल्दे त !"
"त्यसो गर्यो भने मान्छे त ?"
"मेरो ग्यारेन्टी भो तँलाई !"
"वावावावा.... भाउजुलाई अंग्रेजी पनि आउँदो रैछ !" उ जिस्कियो।
"नहाँस मोरा , अहिले साहिँलो उठेर मार्ला तँलाई !"
"दाजुको त केहि पनि उठ्दैन अव !" उ खितित्त हाँस्यो फेरि। यसपालि मलाई पनि हाँस उठ्यो।
"तेरो चाहिँ उठ्छ त ?" मैले उसलाई च्याप्प समाते। वोल्न दिइन।मलाई थाहा छ ध्वाँसे छहारी होइन तर आगो वाल्ने काठ त हो। ताप भएको, राप भएको।
************** **************** *************** ************** ****************
तर त्यसपछि ध्वाँसे आएन । दुई दिन आएन। न दिउँसो क्यारेम खेल्न आयो न रातमा म सँग। कहिलेकाहिँ म झुक्किन्छु उसलाई क्यारेममा वढी आकर्षण छ वा म सँग जव आफ्ना एकत्रीत आँखाले उ सेता,काला राता गोट्टीहरु हेर्ने गर्छ। मलाई ति गोट्टि वनुँ लाग्छ।तिनै चार अँध्यारा दुलामा छिरिरहुँ, गिरिरहुँ एक एक गर्दै। ध्वाँसे मलाई सोध्छ ,
"भाउजु क्यारेम को कति भो !"
म खिस्स हाँसेर भन्छु
"छोड्दे, भरे मिलाउँला !"
तर दुई दिन भयो ध्वाँसे आएन। म व्यग्र वन्दै गएँ।आखिर खप्न नसकेर मैले उसैको एउटा साथिलाई सोधेँ
"ओई तेरो साथी विरामी छ कि के हो ?"
उसले अचम्म मान्दै सोध्यो ।
"को साथि भाउजु ?"
"के पो हो नाम त्यसको !त्यो सँधै तिमीहरु सँग आउँछ नि !" म किन पो देखाउँ हामी नजिकिएको दुनियाँलाई ?
"ध्वाँसे?"
"अँ अँ ध्वाँसे!"
"तँपाईलाई थाहा छैन ?" उसले अचम्म मान्दै मलाई हेरेर सोध्यो।
"के भयो र ?" अचानक मेरो ढुकढुकी वढ्यो। ध्वाँसेलाई केहि नहोस् भनेर त्यहि क्षण मैले प्रार्थना गरेँ।
"त्यो............पार्टीका छन् नी , चन्दा माग्न गका थिए रे ध्वाँसेको घरमा , उसका बा वाहिरवाट आको भनेर पचास हजार मागे रे !"
"अनी ?"
मलाई खलखल पसिना आयो।
"ध्वाँसेको बा सँग थीएन अरे!"
"अनी ?" मैले मात्र अनी अनि भन्न सकेँ।
"त्यसपछि कि त्यति देउ ,कि एउटा सिपाहि लान्छौँ भनेर ध्वाँसेलाई लिएर गए रे !"
उसले ध्वाँसेको कथाको विट मार्यो । म छेवैको कुर्सीमा गएर वसेँ। के सोच्ने ,के नसोच्ने पत्ता लाउन सकिन। ध्वाँसे मन भरी खेलिरह्यो, तर ध्वाँसे त हराएको थियो मेरो संसारवाट अव , कतै टाढा !!!!!!!