Posted by: Fuel Tank April 29, 2014
नेपाली केटाहरु संग लास्ट डर लाग्छ
Login in to Rate this Post:     0       ?        
नमस्ते, म २४ बर्षे युबक हुँ| म बसेको स्टेटमा खासै नेपालीहरु छैनन् | अनि त्याँबाट नेपाली कार्यक्रम हुनी कुरो पनि भएन | यसो कहिले कहिले दशैं, तिहार, न्यु ईअर हरु जस्तो बेलामा छिमेकी स्टेटमा नेपालीहरुले गरेको कार्यक्रममा जाने गरेको छु | नयाँ ठाउँमा, नयाँ कार्यक्रममा नयाँ नयाँ पुतलीहरु देख्न पाउँदा मन नै "गार्डेन गार्डेन " भैदिन्छ भन्या | अब येसो अगाडी गएर कुराकानी गरौँ भने कुन बेला तेस्को ब्वाई फ्रेन्ड आएर मेरो ढाड भाँच्ने हो भन्ने डर लागी रहन्छ | फेरी केटा हरुले "लौ तनि साथी मात्रै बने ठिकै छ " भन्ने सोच्दै सोच्दैनन् | केटि संग कोइ केटा कुरा गर्यो कि "लौ न अब यो केटा घोडा नै चढ्न खोज्दै छ " भन्ने मात्र सोच्छन |
यस्तो गार्हो अवस्थामा, चौबिस वर्ष सम्म दुख र लाज का साथ भन्नु पर्दा अझै पनि भर्जिन नै छु | अरु केटा हरु संग नडराई केटिलाई पट्याउने तरिका के होला ? कसै संग केहि आईडिया छ कि ?
स्मरण रहोस : न म ह्याण्डसम छु, न त राम्रो संग पढेको छु, राम्रो जागीर चै छ (ग्यास मा घण्टा हान्छु ) तर खासै पैसा पनि कमाउँदिन, पेपर पनि छैन , भिजा पनि सकियो | सतीले सराप्या जस्तो लाग्छ कहिले कहिले तर त्यो सबै कुरा को मतलब छैन | केटि चाहिं कसरी पट्याउने होला ?
Read Full Discussion Thread for this article