Posted by: fucheketo April 26, 2014
ध्वाँसे
Login in to Rate this Post:     3       ?         Liked by
kalikopoi- thank you, here comes my next part.
sojoketo-नाम चाहिँ सोझो,अनि साहिँलीको पछि लागि राख्ने ?;)
Akinchan- thank you
Thaney- मोरो ध्वाँसेलाई क देखी ग्य सम्मका सवै अक्षर फाप्ने हुन, हुन चाहिँ ;)
Bhaktedai- धन्यवाद प्रभो, लेखिदिएँ मैले अर्को भाग पनि !!!
अन्य पढ्नुहुने , लाइक गर्नुहुने सवैलाई धन्यवाद...


ध्वाँसे डराएको दिन- शान्ती


चियावारी सिजनमा हरियो हुन्थ्यो।मैले घाँस काट्ने ठाउँ, रमाइलो देखिन थालेको थियो।जीवन पनि त त्यहि मौसम जस्तै नै भएको थियो ध्वाँसेको आगमनले हरियो, आँखामा अटाउन्जेल अटाउँ लाग्ने!पर ध्वाँसे देखेपछि म घाँस काट्न हिँडेका साथीहरुवाट थोरै छुट्टिन्थे। उनीहरु मलाई जिस्क्याउँथे "उ आयो तेरो भमरा" भनेर ! म लाजले राती हुन्थे । उनीहरु मलाई पर्खिरहन्थे घर जाने वेला सम्म! घरमा शंका नहुनु पनि त जरुरी थियो। ध्वाँसे विस्तारै विस्तारै गफ गर्न जान्ने भएको थियो।कहिले मेरो कपालको तारिफ गरेर समय विताइदिन्थ्यो, कहिले मेरो वुद्दिको ! उ आफुलाई वुद्दु तर भाग्यमानी ठान्थ्यो। वुद्दु यो मानेमा कि उसले अस्ति भख्खर नौ फेल गरेको थियो र भाग्यमानी यो मानेमा की उ सँग म थिएँ। उ मेरो कपाल सुम्सुम्याइरहन्थ्यो । मलाई उसको छातिमा ढल्किन खुवै रमाइलो लाग्थ्यो।कत्ति चाँडो समय वित्थ्यो थाहै हुँदैन थियो। फर्किँदा साथीहरुको गाली खाइन्थ्यो ।

" कत्ति ढिलो गरेकी, आज त भागिस् कि भनेर डर लागेको !"

म सुस्तरी जवाफ फर्काउँथे " ध्वाँसेले मलाई भगाउँदैन अरे, मलाई विहे गरेर लैजान्छ अरे !" कति विश्वास मलाई उसको मायामा ! जव मायामा विश्वास हुन्छ, मायामा शक्ति पनि हुन्छ।

****************** **************** ****************** ********************* ****
"आज एक्लै आइज न , कत्ति साथी हरु सँग आउँछेस् ?" ध्वाँसेले अनायसै विहान स्कुलमा मलाई भन्यो। म चार वजे पछि खाजा खाएर घाँस काट्न जान्थेँ साथीहरु सँग । मलाई उसको प्रस्तावले अनायसै काउँकुति लगायो।

"मन्दिरको पछाडी आउँछस् त ?" मैले प्रश्न राखेँ। उसले खुशी हुँदै टाउको हल्लायो। कत्ति चाँडो हल्लेको मोरोको टाउको!

त्यो दिन ध्वाँसे नयाँ शर्ट लाएर आयो।पेन्ट पनि जिनिसको । अनि वासना आउने भएर आयो !

"कहाँ वाट ल्याइस वासना ?" मैले उसलाई जिस्क्याएँ।

"हामी पनि हिरो पो त !" उसले आफ्नो कलर उठाउँदै जवाफ फर्कायो।

साँझको बेलामा त्यो मन्दिर छेउको खोलामा घामको किरण टल्किन्छ । पश्चिममा डुविरहेको घामले खोला सँग विदा माग्ने वेलामा अँगालो मारे जस्तो लाग्छ।

ध्वाँसे मेरो कपाल सुम्सुम्याइ रह्यो। चुपचाप, मौन ! कहिँलेकाहिँ मुटुको ढुकढुकी सुन्न दुवै जना मौन हुनुपर्छ। दुवै चुप वसे मुटुले वोलेको सुनिन्छ। उसको हात मेरो कपाल हुँदै काँधमा झरे, म केहि वोलिन तर मेरो मुटु भने जोडले धड्कियो। तर काँध वाट अझ तल झरे पछि भने म हिच्किचाएँ, मलाई अनौठो रमाइलो लाग्दा लाग्दै हिच्किचाएँ, अनायसै कराएँ ।
"के गरेको ?"

"तँलाई ममा विश्वास छैन ?" उसले कामेको स्वरले सोध्यो।

"छ न त छ तर !" मैले सुस्तरी जवाफ फर्काएँ।

"तर के ?"

"हामी सानै छौँ ध्वाँसे !" मैले उसलाई सम्झाउने प्रयास गरेँ । तर मलाई स्वयं आफुले सम्झाएका शव्दहरुमा विश्वास थिएन।

"तँलाई सँधै आफु सानी छु जस्तो लाग्छ!"

ध्वाँसे रिसाएर उठ्यो। मलाई के गर्ने के गर्ने पत्तो भएन। उ गएको म चुपचाप हेरिरहेँ।
******************** ****************** *************** **************** ********
त्यसको दुई तिन दिन ध्वाँसे म सँग स्कुलमा पनि वोलेन।म उसलाई हेर्थेँ, उ आँखा लुकाउँथ्यो। हाम्रो कक्षा छेवैवाट हिँड्दा उ अर्कै तिर फर्केर हिँड्थ्यो।मलाई आफु गलत छु जस्तो लाग्यो, उसको नजिकै गएर सुस्तरी सोधेँ।

"रिसाको छस् ?"

उसले टाउको हल्लायो उ रिसाएको छैन भन्ने जनाउन।

"भरे मन्दिरको पछाडी आइज है !" मैले उसको ताप सहन सकिन। म पग्लिएँ।
************* ***************** ***************** **************** **************
म कुरेर वसेकी थिएँ । ध्वाँसे अलि ढिलो पुग्यो।ध्वाँसे पुग्ने वित्तिकै मेरो मुटुको धड्कन वढ्यो । जीवनमा पहिलो पल्ट थियो मेरो लागि! हुन त म भख्खर चौध नै त पुग्दैछु।फेरि केहि भइ हाल्यो भने , तर ध्वाँसेले विहे गर्छु भनेको छ।मेरो मनमा रोमान्च सँगै यी प्रश्नहरु पनि खेलि रहे। ध्वाँसे नजिकै आयो। तर उ मलिन थियो। उ चुपचाप सिँढीमा वस्यो।मैले ध्वाँसेलाई यति चुपचाप कहिल्यै देखेको थिइन।

"म राम्री देखिएकी छैन र त्यति टाढा वसेको तँ ?" म थोरै लाडिएँ।उ नजिकै आयो। मेरो कपाल सुम्सुम्यायो। म उसको छातिमा ढेसिएँ। उसको शर्टको माथील्लो वटन खुलेकै थियो।मैले उसको छातिमा हात लगेँ। उसले हात हटायो।

"के भयो तँलाई ?" मैले टाउको उठाएर सोधेँ।

"हिजो हाम्रो घरमा चन्दा माग्न आका थिए,चन्दा नभए घरको एक जना मान्छे चाहिन्छ भन्थे !"

उसले मलिन भएर भन्यो।

"कति मागे ?" मेरो रोमान्च अचानक डरमा परिणत भयो।

"वा कतार गएर कमाकोले पचास हजार रे !"

"अनि छ त तेरो वा सँग पचास हजार ?"

उसले ओठ लेप्र्याएर टाउको हल्लायो।मैले देखेको मेरो स्कुलको हिरो,सवै केटाहरु सँग झगडा गर्न सक्ने, आँपको गाछिमा टुप्पोमा चढेर भए पनि मेरो लागि अमिलो आँप झार्न नडराउने पहिलो चोटी डराएको थियो। कहिलेकाहिँ हिरोलाई पनि डर लाग्छ, पसिना आउँछ।
Read Full Discussion Thread for this article