Posted by: bigT April 22, 2014
कविता : ढुंगा भनि ठानिन उनले
Login in to Rate this Post:     3       ?         Liked by
तिम्रो-मेरो कथा़़़

हिंड जाउँ म सँग!
तिमीलाई आज पनि देखाउनेछु
हिजो जस्तै कहानी लेखाउनेछु
त्यो कहानी पढ्नेछन् मानिसहरू
भन्नेछन् यो पो हो साँचो मायाँ
देख्दिन कतै दायाँ बायाँ ।।

समाउ मेरा हातहरू!
तिमीलाई आज पनि डोर्याउनेछु
पाइला पाइलामा महसुस गराउनेछु
त्यो महसुस गर्नेछन् मानिसहरू 
हिड्नेछन् हाम्रो जस्तै यात्रामा
खोट नभएको मायाँको मात्रामा ।।

बाँध मलाई अंगालोमा!
तिमीलाई आज पनि अंगाल्नेछु
अनि सबै गाथाहरू संगाल्नेछु
ती गाथाहरू सुन्नेछन् मानिसहरू 
पोख्नेछन् आँसु सुनेर भोग्नु परेको
मायाँ हामीले लैला-मज्नुले जस्तो गरेको।। 
Read Full Discussion Thread for this article