Posted by: ThahaChaena April 22, 2014
कविता : ढुंगा भनि ठानिन उनले
Login in to Rate this Post:     1       ?         Liked by
चौतारीमा जमेको देखेर ढुंगा भनि ठानिन् उनले
ढुंगालाइ तेही भगवान मानी पुजा गरिन् उनले

पहाड फोडी झरेको देखेर झरना भनि मानिन् उनले
धमिलो पानि स्वच्छ मानि प्यास मेटिन् उनले

चर्किएको घैलो देखेर माया रसाएको भनि भनिन् उनले
आँशुको सिरेटो आफ्नो मानि  निश्छल मुस्कान रेटीन् उनले

खरानी संसार देखेर जलेको भाग्य भनि गनिन् उनले
खरानी तेही मल मानि अर्को रोपाईं गरिन् उनले

उध्रिएको भूत फाटेको आज देखेर संवेग बन्द गरिन् उनले
साहस-धैर्य शक्ति मानि नयाँ भोलि उनिन् उनले

- थाहा छैन

Last edited: 22-Apr-14 02:49 PM
Read Full Discussion Thread for this article