Posted by: Rahuldai April 18, 2014
नकचरो विजय कुमार अनि नकचरि करिश्मा मानन्धर
Login in to Rate this Post:     0       ?        
टंके, मेरो आसय अलिकति मिलेन | मैले भन्न खोजेको कुरा चाही औसत नेपाली नौटंकी भन्दा राम्रो जवाफ दिए भन्ने मात्र हो | औसत नेपाली नौटंकीहरुको अन्तर्वार्ता त हेराकै हुनु पर्छ नै " अमेरिका भरि होम लेस हरु भेटें " भन्ने खालका |

करिश्माले कति ढाँटी भन्ने कुरा त उसलाई सानै देखि चिन्ने र अमेरिकामा देख्ने बुझ्नेलाई थाहा छ नै | कति फुर्ति लाई भन्ने कुरा त स्पष्ट छ नै | तर मैले उठान गर्न खोजेको चाही उनको वास्तविक हैसियत भन्दा एक तह माथिको जवाफ जस्तो लाग्यो भन्ने मात्र हो |

यी कलाकारहरु पनि भ्रममा बाच्छन | उनीहरुलाई लाग्छ ग्लेमर दुनियामा बाहेक उनको अर्को पाटो नै छैन | देशको माया लागेर स्वदेश फर्केकी कि यहाँ बाच्ने नसकिने परिस्थितिजन्य कारणले धेरैलाई थाह भएकै कुरा हो| यिनै झूठका पुलिन्दा भित्र पनि केही राम्रा कुरा खोकेकी जस्तो लाग्यो|

मेरो बुझाइ संग तपाइँ असहमत सक्नु हुन्छ | मेरो बुझाइको कोण र दृष्टिकोण तपाईं संग न मिल्न सक्छ | यही न हो बिबिधता | भन्छन " कुण्ड कुण्ड पानी , मुण्ड मुण्ड बिचार " |
Read Full Discussion Thread for this article