Posted by: Rahuldai April 18, 2014
नकचरो विजय कुमार अनि नकचरि करिश्मा मानन्धर
Login in to Rate this Post:     1       ?         Liked by
अन्तर्वार्तालाई ध्यानपूर्बक हेरियो, सुनियो | तर जहाँ सम्म मलाई लाग्छ न बिजय कुमार नकच्चरो देखियो न करिश्मा नकचरी नै |

बिजय कुमार कस्तो पत्रकार थिए वा हुन् त्यता तिर जान्न | सर्बगुण सम्पन्न पत्रकार हैनन् | अन्तर्वार्ता हेर्दा लाग्यो - दुवैले आफ्नो हैसियत अनुसार न्याय गरेका छन् |

करिश्मा लाई सानै देखि ( सिनेमा मा आउनु भन्दा अघि ) चिन्नेलाई थाह छ उनको हैसियत र उनको परिवेश | ८  किलास पनि नपढेकीले आज जिन्दगीको बारेमा यावत कुरा गर्न सकेकी छिन | बिजय कुमारले भने जस्तै " जिन्दगीले धेरै  कुरा सिकाएको छ उनलाई " |

हो अलिकति घमण्डको र अलिकति नक्कली बौद्धिकताको झझल्को देखाएकी छिन शायद नौटंकी मै जिन्दगी बिताएकी ले होला | धेरै कुरा ढांटेकी छे | गौशाला बत्तीस पुतलीका त्यो बेलाका युबा युवतीलाई थाहा छ नै वास्तविकता के हो भनेर |

अरु धेरै नौटंकी चरित्रहरु भन्दा सहज , स्तरीय र जीवन जगत को कुरा गरेको जस्तो लाग्यो | बिजय कुमारले जुन हल्का ढंगले लिएको थियो त्यो भन्दा भारि लाग्यो करिश्माको जवाफ | यसको अर्थ यो हैन कि स्तरीय र बौद्धिक छन् करिश्माको जवाफ ... तर उनको धरातलीय यथार्थता र नौटंकी जगतका औसत अनुहार  भन्दा चाहि राम्रो नै लाग्यो |
Last edited: 18-Apr-14 09:31 AM
Last edited: 18-Apr-14 09:32 AM
Read Full Discussion Thread for this article