Posted by: caliber19 April 16, 2014
यो जिन्दगि के जिन्दगि
Login in to Rate this Post:     0       ?        
गज्जब थाने काजी, क्या बात !
अलिकती मैले पनि थप्ने दुश्प्रयास गरें है :

न नाम भो जिन्दगी
न दाम भो जिन्दगी
फगत तिम्रा यादहरु सांच्ने; काम भो जिन्दगी ।

खुल्ला निलो आकाशमा चम्किने न त घाम भो जिन्दगी
प्यारो शितल रातमा मुश्काउने न त जुन भो जिन्दगी
तिर्थालुहरुले बिर्सेंको धाम पो भो जिन्दगी
ठेगाना लेख्न बिर्सेंको खाम पो भो जिन्दगी ।

न राम भो जिन्दगी
न काम भो जिन्दगी
तपस्यामा तिम्रो खाली; बद्नाम भो जिन्दगी ।

Read Full Discussion Thread for this article