Posted by: amricane April 16, 2014
इन्द्रेनी जस्तै रङीन जिन्दकी
Login in to Rate this Post:     4       ?         Liked by
हासो मा मखमल झै फुलेको जिन्दकी
रोदन मा झरी झै रुझेको जिन्दकी
मुस्कान मा सुर्योदय झै खुलेको जिन्दकी
लाज मा रात झै लुकेको जिन्दकी
यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी

माया मा संसार भूलेर बाचेको जिन्दकी
माया को लागि तद्पेर बलेको जिन्दकी
माया को आस म भोउतरिरहेको जिन्दकी
अनी माया नै माया ले घिरेयेको जिन्दकी
यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी

बाँच्न को लागि संघर्स गरिरहेको जिन्दकी
बाचेर मर्न को लागि लडिरहेको जिन्दकी
अर्थ बिहिन बाचेको नी छ जिन्दकी
बाच्नु को अर्थ खोज्दै हिदिरहेछ जिन्दकी
यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी

मोउनता मा शब्द खोजिरहेछ जिन्दकी
शब्द हरु बीच मा अर्थ खोजिरहेछ जिन्दकी
कोलाहाल चिच्याहाट मा संगीत सुनाउछ जिन्दकी
एउटा कथा को शब्द झै घुमेको जिन्दकी
यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी

सङर्श गर्दा गर्दै नथाक्ने यो जिन्दकी
आफ्ना सँग लडेर आफ्नालाई हराउन पर्ने जिन्दकी
जिन्दकी नाम को युद्द लडिरहेको जिन्दकी
अनी लडेर लाचर भएर बिबस बनेको जिन्दकी
यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी


Note :: मेरा प्यारा साझा का साथी भाई हरु , आफु ले जानेको सानो तिनो html को सहयोग ले मैले मेरो सबै फुटकर रचना हरु लाई एकै ठाउँ मा समेटेको छु । एस्मा तपाईं ले पहिले पढेका नपढेका मन परएका मन नपराएका सबै लाई समेटेको छु । आस छ तपाईं हरु ले फुर्सद को समयमा एसो हेरी दिनु हुने छ ।
अंरिकाने
www.friendosis.com
Read Full Discussion Thread for this article