Posted by: Saroj Thapa "Mugali" April 14, 2014
भो म त कुरा गर्दिन देशभक्ती को
Login in to Rate this Post:     1       ?         Liked by
भो म त अब कुरा
देश भक्तीको गर्दिन
कुरा गर्दैमा के नै हुन्छ र
जब कर्म गर्न म सक्दिन

दुई टुक्रा बनाइ बांडेको छु मैले
आत्मा र मेरो शरिर लाई
जन्म भूमिको पक्ष लिउं त
अन्याय हुन्छ मेरो कर्म भूमि लाई

निस्वार्थी रहन चाहान्छू म
तर म बन्न सक्दिन
रहस्य के हो भनेर खोज्दा
मानिस हुनु भन्दा अरू म केही पनी पाउंदिन

भो म त अब कुरा
देश भक्तीको गर्दिन
कुरा गर्दैमा के नै हुन्छ र
जब कर्म गर्न म सक्दिन !

सरोज थापा
March 20, 2014



Read Full Discussion Thread for this article