Posted by: Rahuldai April 14, 2014
cancer treatment, India or US ?
Login in to Rate this Post:     0       ?        
सर्बप्रथम त क्यान्सर कुन अंग वा अवयवको हो ? त्यसमा उपचार कहाँ गर्ने भन्ने प्रश्न त्यस पछि उठ्छ |
कतिपय क्यान्सर हामीले सोचे जस्तो डरलाग्दो र ज्यानलेवा हुँदैनन् | अंग काटेर , फालेर निको हुने क्यान्सर फेरी बल्झिने सम्भावना रहँदैन |

नेपालमा पनि क्यान्सर रोगको मजा संग निदान हुन्छ , सस्तो मूल्यमा | शर्त यही छ कि सहि बिशेषज्ञ को हातमा पर्नु पर्छ |

क्यान्सर कुन चरणमा छ त्यसमा नि भर पर्दछ | तेस्रो चरण भन्दा खराब हालत छ भने अमेरिका लगायत बिकशित देशमा खर्चिलो उपचारमा निको हुने सम्भावना छ भने नेपाल र भारतमा चाहि आशा कमजोर नै रहन्छ |

भारत नै लानु परे , राजि गान्धी क्यान्सर अस्पताल , मुम्बई सबै भन्दा बेश, दिल्लीमा लाने सोच छ भने खर्च र सुबिधाको हिसाबले फोर्तिस हस्पिटल राम्रो | अरु हस्पिटल पनि राम्रै छन् तर महंगा छन् | वत्रा हस्पिटल अर्को राम्रो संस्था हो |

Read Full Discussion Thread for this article