Posted by: Saroj Thapa "Mugali" April 12, 2014
हरेक बर्ष एक नयां बर्ष आंउछ
Login in to Rate this Post:     1       ?         Liked by
हरेक बर्ष एक नयंा बर्ष आउंछ
हामी एक बर्ष पुराना हुन्छौं
त्यसैले होला हामी कहिले
नयां बिचार जन्माउन सक्दैनौ

बर्ष जतिसुकै फेरियोस् र
बिज्ञान ले बिकास जतिनै गरोस
तर हाम्रो सोच त्यही छ
जँाहा प्रकृति ले हमिलाई छोडेको थियो

शुभकामना नयां बर्षको दिन्छौं पनी हामी
बदलामा उही शुभ कामना लिन्छौं पनी हामी
त्यती मात्र कांहा हो र
कसैको उन्नतिमा जल्छौ पनी हामी

शान्ति र सुख जलन ले होईन
मनको सन्तोष ले पाइन्छ
त्यसैले,
गाडी, घर, र साथी मात्र होईन
आफै लाई पनी केही बदलन सक्नु पर्छ !

सरोज थापा
April 12, 2014
Read Full Discussion Thread for this article