Posted by: _____ April 9, 2014
बिदेशी ग्रीनकार्ड लिनेहरु देशद्रोही हुन् - नेपाल सरकार
Login in to Rate this Post:     1       ?         Liked by
अरु देश को PR लिएर नेपाल मा सरकारी जागिर खानु मिल्दैन
जहाँ सम्म मन्त्रि ले भनेको कुरा छ त्यो अरु देश को प्र, ग्रीन कार्ड लिएर जनता को पैसा बाट तलब खाने हरु का लागि हो

नेपाल मा धेरै मान्छे ले जागिर पाउन सकेको छैन तेसकारण जसले अरु देशको PR , ग्रीन कार्ड लिएको छ तिनी हरु ले जागिर छोड्न पर्छ ,
कतिपय ले त बिदा पनि मिलाएका छन् भंचन मन्त्रि , बिदा मिलाएर , जनता को कर बाट तलब खाएर अरु देश मा बस्ने हरु ले लिएको पैसा ब्याज समेत तिर्न पर्छ र कानुन बमोजिम सजाए पाउन पर्छ

तर नेपाल का ८०% जति सरकारी कर्मचारी भिखारी जस्ती हुन् , भिख माग्छन (घुस) लाजै नमानी , दौरा सुरुवाल, टाई कोट लगाएर भिख मग्न बस्ने हरु

जो बेक्तिगत रुप मा गाको छ , जनता को पैसा दुरुपयोग नगरिकन तेस्ता लै रोक्न मिल्दैन , तिनीहरु देश द्रोही होइनन. तिनी हरु त टाई कोट लगाएर भिख माग्ने हरु बाट दिक्क भएर गका हुन् अथवा केहि गर्न सकिन्छ कि भनेर गका हुन् , मानब सभ्येता नै तेसरी चल्दै आएको छ

मान्छे तेसरी एक ठाम बाट अर्को ठाम नजाने हो भने आज अफ्रिकी महादेश भन्दा बाहिर मान्छे को बसोबास हुदैन थ्यो
र मान्छे चन्द्रमा मा पुग्न सक्दैन थ्यो (युरोप बाट अमेरिका गएर विकास नगरेको भए )

नेपाली लाई बाहिर जान बाट रोक्ने हो भने एकदम सजिलो छ , टाई कोट लगाएका ले भिख माग्न बन्द गर्नु पर्छ र जनता को कर को पैसा विकास मा लगाउन पर्छ
तर BT ले वन्य जस्तै मन्त्रि ले हल्ला आली चाडै गर्न भो कि ? गृह कार्य अलि गरेर हल्ला गर्या भए हुन्थ्यो





Read Full Discussion Thread for this article