Posted by: _____ April 8, 2014
Massive protest needed to sack Bamdev, douche acting against Kharel
Login in to Rate this Post:     0       ?        

ओबामाले प्रहरीसँग यसरी मागेका थिए माफी

वामदेवले रमेश खरेलसँग माफी माग्नुपर्छ : सर्वसाधारण

२०७० चैत २५ गते १२:४८ मा प्रकाशित

Obama-Mafi

२५ चैत, काठमाडौं । गृहमन्त्री वामदेव गौतम यतिबेला काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलविरुद्ध भाषण गरेपछि विवादमा तानिएका छन् । यस्तै विवादमा अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि नपरेका होइनन् । तर, राष्ट्रपति ओवामाले आफूले गाली गरेका प्रहरी अधिकृतसँग ह्वाइट हाउसमा बियर पिएर माफी मागेपछि उनीहरुवीचको विवाद साम्य भएको थियो ।

प्रहरी र ओबामावीच विवाद

ओबामा र प्रहरीवीचको विवादको सो घटना सन् २००९ जुलाइ महिनाको हो । वेयर स्टीट, क्याम्बि्रज म्यासेचुसेट्सको एउटा घरमा १२ : ४४ बजे प्रहरीहरु साइरन बजाउँदै पुगेका थिए । कसैले छिमेकीको घरका कुनै व्यक्ति ढोका फोरेर घरभित्र पसेको भन्ने उजुरी फोनबाट प्राप्त गरेपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो । प्रहरीले उक्त घरभित्र रहेका व्यक्तिलाई पक्रेर थानासम्म लगेको थियो । उनलाई प्रहरीले केही घण्टासम्म थुनेर छाडिदिएको थियो ।

त्यसरी पक्राऊ पर्ने व्यक्ति चानचुने थिएनन् । उनी हार्वड विश्वविद्यालयका प्रोफेसर तथा चर्चित अफ्रिकन-अमेरिकन विद्वान हेनरी लुइसी गेट्स थिए । उनले चीन भ्रमणबाट आउँदा आफ्नो घरको ढोका नखुलेपछि ट्याक्सी ड्राइभरको सहायता लिएर चाबी फुटाई आफ्नो घरमा प्रवेश गरेका थिए । छिमेकीको उजुरीका आधारमा आफ्नो घरमा आएका प्रहरीलाई उनले यो कुराको जानकारी गराउँदा गराउँदै प्रहरीले उनलाई पक्रेको थियो ।

घटना यतिमै सेलाएन । प्रोफेसर हेनरीले आफू गिरफ्तारीमा परेपछि सार्वजनिक प्रतिक्रिया दिँदै आफू कालो जातिको अमेरिकी नागरिक भएकाले पक्राउ परेको तर गोरा जातिको भएको भए पक्राउ नपर्ने प्रतिक्रिया दिए । प्रोफेसर हेनरी काला जातिका थिए भने उनलाई पक्राउ गर्ने प्रहरी गोरा जातिका थिए । प्रोफेसर हेनरीको अभिव्यक्तिपछि अमेरिकी मिडियामा यो मुद्दाले प्रमुखता पाउन थाल्यो । ठीक त्यहीबेला राष्ट्रपति ओबामाले सार्वजनिक अभिव्यक्ति दिँदै क्याम्बि्रज प्रहरीले ‘मूर्खतापूर्ण व्यवहार’ गरेको बताएपछि विवादको आगोमा घिऊ थपियो ।

राष्ट्रपति ओबामाको भनाइपछि प्रहरी अधिकारीले चित्त दुखाउँदै आफूले कर्तव्य पालन गरेको तर, काला जातिमाथि कुनै पक्षपातपूर्ण व्यवहार नगरेको प्रतिक्रिया दिए । हेनरीले प्रहरीलाई असहयोग गरेको र नराम्रो व्यवहार गरेकाले उनलाई पक्राऊ गरिएको भन्दै प्रहरी अधिकारीले ओमाबाको अभिव्यक्तिबाट चित्त दुखेको बताए ।

सुन्दा एकदम सामान्य लाग्ने यो घटनाले अमेरिकी प्रेसजगतमा असामान्य तहल्का मच्चायो । पिउ रिर्सच सेन्टरका अनुसार अमेरिकी सञ्चार माध्यममा त्यस घटनाले राष्ट्रपति ओवामाको त्यसबेलाको बहुचर्चित स्वस्थ्य विमा कार्यक्रमलाई समेत ओझेलमा पारिदिएको थियो । घटना भएको दुई हप्ताभन्दा बढी भइसक्दा पनि यो मामिला सेलाउन सकेन ।

अमेरिकी राष्ट्रपतिले एउटा सामान्य घटनामा गरेको आवेशपूर्ण टिप्पणीलाई अमेरिकीहरुले मन पराएनन् । निष्पक्ष मानिएको पिउ रिर्सच सेन्टरले त्यसबेला गरेको एक सर्वेक्षणमा करिव ४१ प्रतिशत अमेरिकीहरुले बराक ओवामाको यो कदम आफूलाई मन नपरेको बताएका थिए भने २९ प्रतिशतले ठीकै गरेको बताएका थिए ।

माफी मागेर विवाद समाधान

यो विवाद अनावश्यक तन्किएपछि अमेरिकी राष्ट्रपतिले गिरफ्तार गर्ने प्रहरी र प्राध्यापक दुबैसँग बसेर कुरा गर्न र वियर पिउन चाहेको बताए । साथै ओबामाले आफ्नो भनाइ अलिकति भावनात्मक भएको भन्दै आत्मालोचनासमेत गरे । नेताले गल्ती गर्न सक्छन् तर गल्तीलाई आत्मसात गर्न र जनतासित झुक्न पनि तयार हुन्छन् भन्ने महानता राष्ट्रपति ओबामाले देखाए । के हाम्रा गृहमन्त्री वामदेव गौतमले पनि एसएसपी रमेश खरेलसँग यसरी गरी सँगै कफी पिएर यो विवादलाई साम्य पार्ने महानता देखाउन सक्लान् ?

यो पनि पढ्नुहोस्

- See more at: http://www.onlinekhabar.com/2014/04/185755/#sthash.jFnsRgzN.dpuf
Read Full Discussion Thread for this article