Posted by: _____ April 6, 2014
ल पढ्नुस् हाम्रो दक्छिण् को मित्र ले हामी लाई ठग्ने तरिका
Login in to Rate this Post:     0       ?        

इन्डियन ओइल कर्पोरेशन द्वारा बार्षिक ३६ करोड भन्दा बढी ठगि  

06 Apr 2014 | 08:28am
आइतबार २३ चैत्र, २०७०
रितेश त्रिपाठी

वीरगन्ज- भारत, रक्सौलस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी) डिपोबाट आयात गरिने पेट्रोलियममा मासिक करिब ३ करोड रुपैयाँ नोक्सानी कम भएको छ। नेपाल आयल निगमका अनुसार करिब ७० प्रतिशत इन्धन रक्सौल डिपोबाट ल्याइन्छ। 


वर्षमा एकपटक हुने ट्यांकरको 'क्यालिब्रेसन' (मापन)मा आइओसी डिपोले ट्यांकरपिच्छे ५० देखि १ सय २० लिटरसम्म बढी क्षमता कायम गरेपछि नेपाललाई नोक्सानी थियो। 
नोभेम्बर २०१२ देखि डिसेम्बर २०१३ सम्मको 'क्यालिब्रेसन'मा ट्यांकरको नाप बढी कायम गरिएको खुलेको छ। यसले गर्दा रक्सौल डिपोले भरेर दिएको तेल हुनु पर्नेभन्दा ५० देखि १ सय २० लिटरसम्म कम हुन्थ्यो। अहिले महिनाको सरदर ४० ट्यांकरमा 'रि–क्यालिब्रेसन' (पुनर्मापन) गरी सुधार भइरहेको निगमको अमलेखगन्जस्थित क्षेत्रीय कार्यालयका प्रमुख भानु खनालले बताए। एकपटकको 'क्यालिब्रेसन' वर्ष दिनको लागि मान्य हुन्छ। निगमको रेकर्डअनुसार रुपमा दैनिक औसत १ सय ५० ट्यांकर तेल रक्सौलबाट ल्याइन्छ। ट्यांकरपछिच्छे घट्ने सरदर ८५ लिटर तेलको मूल्य न्यूनतम सय रुपैयाँ राख्दा प्रति ट्यांकर ८ हजार ५ सय रुपैयाँ नोक्सानी थियो। १ सय ५० ट्यांकरको दैनिक घाटा १२ लाख ७५ हजार रुपैयाँ हुन्छ। रक्सौलमा महिनाको २५ दिन जति ट्यांकर भर्ने काम हुन्छ। 
यस हिसाबले भराइ कम हुँदा निगमलाई आयातमै मासिक ३ करोड १८ लाख ७५ हजार रुपैयाँ बराबर घाटा हुन्थ्यो। आइओसीको मुम्बईस्थित मुख्य कार्यालय, नयाँदिल्ली र पटना कार्यालयमा डिसेम्बर २०१३ अघि भएका क्षेत्रीय बैठकमा क्यालिब्रेसन मुद्दा निगम टोलीले प्रमुखतासाथ उठाएको थियो। 
'नोभेम्बर २०१२ पछिका क्यालिब्रेसनमा ट्यांकरको आकार पहिलेभन्दा बढी तेल अटाउने पाइएको छ, त्यसअघि रक्सौल डिपोले प्रतिट्यांकर ५० देखि १ सय २० लिटरसम्म बढी तेल दिएको हुनुपर्ने हो र उसको स्टक घटेको देखिनु पर्ने हो,' निगम स्रोतले नागरिकसँग भन्यो, 'किनकि ती ट्यांकर पहिलेदेखि नै तेल ढुवानीमा थिए। बैठकमा नेपाली प्रतिनिधिले रक्सौल डिपोको स्टकमा नोभेम्बर २०१२ अगाडि सर्टेजको रेकर्ड भए देखाउन आइओसी पदाधिकारीसँग माग गरेका थिए।' 
आइओसीसँग त्यस्तो तथ्यांक छैन। 'अहिले क्यालिब्रेसन सुधारका निम्ति आइओसीले सघाइरहेको छ, समाधान हुन थालेको समस्यालाई केलाएर फाइदा छैन,' 'क्यालिब्रेसन' मुद्दामा पटकपटक आइओसीसँग छलफलमा सहभागी क्षेत्रीय प्रमुख खनालले भने, 'मभन्दा अगाडिका क्षेत्रीय प्रमुख दिपक बरालको अग्रसरतामा क्यालिब्रेसन त्रुटि छ भन्ने तथ्य फेला पारिएको थियो, यसलाई प्राथमिकतामा राखेर हामी समाधानसम्म पुगेका र्छौं।' २०६९ पुसमा निगम प्रबन्ध निर्देशक र आपूर्ति, वितरण तथा एभिएसन विभागले यसलाई मुद्दाको रुपमा उठाउनुपर्ने सहमति दिएको उनले बताए। 
'दुवैतर्फका केन्द्रीय सरकारका प्रतिनिधिको रोहवरमा क्यालिब्रेसन गर्ने प्रारम्भिक नाप (भाँडो)लाई मापन गरियो र त्यसलाई आधार बनाएर अहिले ट्यांकर क्यालिब्रेसन भइरहेको छ,' खनालले भने, 'उपनिर्देशक रबिनचन्द अधिकारीको नेतृत्वमा क्यालिब्रेसन एकाइ नै गठन गरेर अहिले काम भइरहेको छ।' यसअघिको घाटाको हिसाब निकाल्न सकिने भए पनि त्यसको सोधभर्नाको विषय एकतर्फी निर्भरताका कारण निगमले आइसोसीसामू उठाउन नसकेको पेट्रोलियम व्यवसायी बताउँछन्। 
एक व्यवसायीले भने, 'प्रत्येक ट्यांकरको अहिले भइरहेको क्यालिब्रेसनमा पहिलेभन्दा फरक नाप देखिँदैछ, ती ट्यांकरले अघिल्लोपटक नाप कायम भएयता कतिपटक तेल ढुवानी गरेका छन्? र, फरक परेको नापलाई ढुवानीको पटकसँग गुणा गरेर नेपालले त्यसको क्षतिपूर्ति दाबी गर्न सक्नुपर्छ।' पेट्रोलियम व्यवसायी मनोज दासका अनुसार निगम आइओसीको अन्तर्राष्ट्रिय ग्राहक भएकाले आफ्ना जायज दाबी राख्न सक्नुपर्छ।
तेल आयात बढ्यो
काठमाडौं- नेपाल आयल निगमले बक्यौता तिर्ने प्रतिबद्धता जनाएपछि इन्डियन आयल कर्पोरेसन (आइओसी)ले निगमलाई गर्ने पेट्रोलियम आपूर्ति सामान्य मात्रै कटौती गर्न थालेको छ। ५ अर्ब रुपैयाँ बक्यौता नतिरेको भन्दै उसले दुई सातादेखि नेपालमा गर्ने पेट्रोलियम आपूर्ति ३० प्रतिशतले घटाएको थियो। 
'हाम्रो आग्रहपछि आइओसीले पेट्रोलियम आपूर्ति बढाएको छ,' निगमका निमित कार्यकारी निर्देशक सागर सत्यालले शनिबार नागरिकसँग भने, 'रक्सौलबाट दैनिक २२ सय किलोलिटर पेट्रोलियम आउन थालेको छ।' रक्सौलबाट २५ सय किलोलिटरको हाराहारीमा पेट्रोलियम आउँछ। दुई सातायता १७ सय किलोलिटर हाराहारीमात्रै आयात भइरहेको थियो। 
उनका अनुसार निगमले सरकारसँग ५ अर्ब रुपैयाँ मागेको जानकारी आइओसीलाई दिइएको छ। वाणिज्य सचिव माधवप्रसाद रेग्मीले निगमलाई आवश्यक रकमको लागि ५ अर्बको प्रस्ताव अर्थसँग गरेको जानकारी दिए।
'हामीले ५ अर्ब रुपैयाँको प्रस्ताव अर्थमा पठाएका छौं,' उनले भने, 'अर्थबाट रकम आउने आसमा छौं।' स्रोतका अनुसार निगमले नाफा भएको पेट्रोलको आपूर्ति बढाइदिन आग्रह गरेको थियो। अहिले निगमलाई पेट्रोल एक लिटरमा ९ रुपैयाँ ४२ पैसा नाफा छ। निगमको आग्रहपछि अरु नाकाबाट समेत तेल बढेर आउन थालेको छ। 
'हामीलाई पेट्रोल पूर्ववत रुपमा दिन थालेको छ,' विराटनगर डिपो प्रमुख सीताराम पोखरेलले शनिबार नागरिकसँग भने, 'अहिले सामान्य कटौती भएर तेल आइरहेको छ। पेट्रोल मागअनुसार आइरहेको छ।' तेल कटौती भएपछि उपत्यकामा उपभोक्ताले अभाव खेपिरहेका छन्। उपत्यकामा उपभोक्ताले मागअनुसार तेल पाउन सकेका छैनन्। आइओसीले मार्चमा खाता बन्द गर्नुपर्ने भन्दै बक्यौता रकम तिर्न निगमलाई आग्रह गरेको थियो। तर निगमसँग रकमले अभावले तिर्न सकेको थिएन। आइओसीले पठाएको पछिल्लो मूल्यअनुसार निगमको नोक्सानीसमेत कम भएको छ। पछिल्लो मूल्यअनुसार निगमको नोक्सानी १ अर्ब २२ करोडबाट ७२ करोड ७८ लाखमा ओर्लेको छ।
- See more at: http://www.nagariknews.com/economy/main-story/story/16122#sthash.zo2YQyKM.dpuf


इन्डियन ओइल कर्पोरेशन द्वारा बार्षिक ३६ करोड भन्दा बढी ठगि  

Read Full Discussion Thread for this article