Posted by: _____ February 28, 2014
बालगृह सञ्चालकलाई आठ वर्ष कैद
Login in to Rate this Post:     0       ?        

बालगृह सञ्चालकलाई आठ वर्ष कैद


    काठमाडौं, फाल्गुन १७ - जिल्ला अदालतले यौनजन्य हिंसामा दोषी ठहर गरी एउटा बालगृह सञ्चालक विष्णु पराजुलीलाई आठ वर्ष कैद सजाय सुनाएको छ । उनकी पत्नी मुनालाई दुई वर्ष ६ महिना कैद र दुवैलाई ५०/५० हजार रुपैयाँ जरिवाना हुने भएको छ ।

    बलात्कार गर्न पराजुलीलाई सहयोग गर्ने उनकी श्रीमतीलाई समेत जिल्ला अदालतका न्यायाधीश अच्युत अधिकारीले दोषी ठहर गरेका हुन् । 'महिलाले यौनकार्यमा सहयोग गरेको भन्दै बलात्कारको मुद्दामा दोषी ठहराएको यो सम्भवतः पहिलो घटना हो,' यो मुद्दा हेरिरहेका अधिवक्ता रूपनारायण श्रेष्ठले भने । पराजुलीले आफ्नै बालगृहमा राखिएका पाँच बालिकामाथि यौन शोषण गरेको र उनकी पत्नीले सहयोग गरेको भन्दै जिल्ला अदालतमा ०६९ वैशाख पाँच गते मुद्दा परेको थियो । पराजुलीले नौ/दस वर्षका पाँच बालिकालाई चार वर्षदेखि लगातार बलात्कार गर्दै आएको ठहर भएको छ । पराजुली पत्नीले नै श्रीमान्सँग यौन कार्यमा संलग्न हुन बाध्य पारेको पीडित बालिकाले बयानमा बताएका थिए ।

     

    प्रकाशित मिति: २०७० फाल्गुन १७ १२:३९

    - See more at: http://www.ekantipur.com/np/2070/11/17/full-story/384925.html#sthash.eLnvP7GN.dpuf
    Read Full Discussion Thread for this article