Posted by: 2redtriangles February 24, 2014
The Distance, So close and yet so far( Nepali Short movie)
Login in to Rate this Post:     0       ?        
http://www.nepzsansar.com/2014/02/blog-post_24.html

nepzsansar's Review on The Distance

यो कस्तो सामिप्य? अत्यन्त निकट तर धेरै टाढा- 'द डिस्ट्यान्स' (नेपाली सर्ट मुभि रिभ्यु)

सबिन कार्की , लण्डन
छोटो चल्चित्र अर्थात सर्ट मुभि बनाएर बिभिन्न सामाजिक सन्जाल मार्फत प्रस्तुत गर्ने लहर नै चलेकोछ आज भोली। यू टियुबमा खोज्ने हो भने करिब असी हज्जार वटा त नेपाली सर्ट मुभिज नै भेटिन्छ। त्यही असी हज्जारको भिडमा 'द डिस्ट्यान्स' नामक एउटा सर्ट मुभि पनि भेटिन्छ। प्रिथक कथा बस्तु र प्रस्तुतीका कारण त्यो भिडबाट अलिकती माथि उठेको देखिन्छ 'द डिस्ट्यान्स'।

आर जे तथा संचार कर्मी नबिन बस्नेतको डिरेक्सन,छ्याङ्कन र सम्पादन रहेको 'द डिस्ट्यान्स'को कथा बस्तु एलिना खड्काले तयार पारेकी हुन। अमेरिकाको बोस्टनमा अबस्थित टू रेड ट्रायनगल्सको प्रस्तुति'द डिस्ट्यान्स'मा क्यानोन सेभेन डि क्यामेराको प्रयोग गरिएकोछ। अमेरिकाको चिसो मौसममा चार घण्टाको आउट डोर र पाच घण्टाको इन डोर शूटिंग पछि तयार भएको यो छोटो चलचित्रको दुइ दिनमा निर्माण कार्य सम्पन्न भएको थियो । बियोगान्त प्रेम कथामा आधारित एस छोटो चल्चित्रलाई केबल तीन पात्रहरुको अभिनयले जिबन्तता दिएकोछ।
'द डिस्ट्यान्स'को साउन्ड क्वालिटी, छायान्कन, प्रस्तुती, कथा सबै स्तरिय नै देखिन्छ। अभिनय र डायलगमा केही त्रुटी देखियता पनि समग्रमा राम्रो बनेकोछ यो सर्ट मुभि।
यु टियुब मार्फत रिलिज गरिएको दुई दिनमै दुई हज्जार भन्दा बढी दर्सकले हेरिसकेको यो छोटो चल्चित्र एउटा साधारण तर छुट्टै कथा बस्तुमा बनेकोछ।चल्चित्रमा बिनय शाहले इनेशको भूमिका खेलेकाछन, सुप्रिया पोख्रेलले अनिकाको र एरिना बस्नेतले डाक्टरको।
चल्चित्र सुरु हुन्छ बिनय शाह र सुप्रिया पोख्रेल नामक दुई पात्रको प्रेम काहानी बाट। बिनय प्रतीको आफ्नो प्रेम भाब ब्यक्त गर्दै आफ्नो लागि रेडियोमा गीत रिक्वेस्ट गरेको मनपर्ने बताउछिन सुप्रियाले। बुढी हुनजेल सँगै बस्ने बाचा बाध्छिन उनी। तर जब रोग लागेर सुप्रिया बिनयलाई छोढेर संसारबाट टाढीन्छिन,बिनय पागल प्रेमी भएर उनको यादमा तड्पी रहन्छ। उनी सँग बिताएका पलहरु बिनयको मस्तिस्कमा ताजा बनेर बसी रहन्छन। जब मनिसले सास फेर्न छोड्छ, दुनियाँले लास भन्छ र फालिदिन्छ, तर बिनय अर्थात यो कथाका पात्र इनेशले प्रान प्यारी अनिकालाई आफु सँगै राखेर बाचा पुरा गर्ने अबिब्यक्ती दिन्छ। उन्को पागलपन सँगै चोखो प्रेम लुकेको हुन्छ।
केबल छ मिंनेट तिर्चालिस सेकेन्ड लामो 'द डिस्ट्यान्स'ले लामो र जिबन्त प्रेम कहानीलाई प्रस्तुत गर्न सफल भएकोछ।
यही प्रिथक प्रेम काहानीमा आधारित छोटो चल्चित्र 'द डिस्ट्यान्स'हेर्नलाई कृपया तलको भिडियोमा क्लिक गर्नुहोला :-
Read Full Discussion Thread for this article