Posted by: cybernepali February 11, 2014
युवतीहरू कस्तो पुरुष चाहन्छन् ?
Login in to Rate this Post:     0       ?        
कुनै पनि युवतीले कुनै पुरुषमा के मन पराउँछिन् ? यो प्रश्नले पुरुषको मनलाई प्रायः चिन्तित तुल्याउँछ । एउटा सानो प्रयासले सम्भवत पुरुषको यो प्रश्नलाई केही टेवा पुग्नेछ । वास्तवमा एउटी युवतीले पुरुषहरूबाट आखिर के खोज्छिन् ?

युवतीहरू परफेक्ट पुरुष चाहन्छन् जसमा सके जति विशेषता होस् । उनीहरूलाई यस्ता पुरुष मन पर्छन् जोसँग उनीहरू आफूलाई सुरक्षित अनुभव गरून्, साथै उक्त पुरुष बुद्धिमान् र जिम्मेवार पनि होस् ।

कुरा गर्दा रोमान्टिक हुन र आफ्नो सम्बन्धलाई भावुक र परिपक्व ढंगले निर्वाह गर्न सकोस् ।

यी सबै विशेषतासँगै ह्यान्डसम र गाँठ पनि भयो भने त कुरै अर्कै भयो ।

तर यी सबै कुराभन्दा पनि आवश्यक हुन्छ - इमान्दारी । पुरुषहरू इमान्दर हुनु अति आवश्यक छ ।

अब प्रश्न उठ्छ, के यी सबै विशेषता एउटै पुरुषमा पाइन्छ ? अवश्य पनि धेरै जटिल हुन्छ । कुनै पुरुष भावुक र समझदार छ भने ऊ रोमान्टिक हुनु आवश्यक छैन, यदि कोही रोमान्टिक छ भने ऊ इमान्दार नहुन सक्छ, यदि जिम्मेवार छ भने पैसा नहुन सक्छ यदि पैसा छ भने उ ह्यान्डसम नहुन सक्छ । यस्तोमा युवतीहरूलाई के समस्या हुन्छ भने उनीहरूले आफ्ना लागि सही पुरुष कसरी प्राप्त गर्ने र पुरुषहरू पनि यही सोच्छन् कि वास्तवमा युवतीहरूले एउटा पुरुषमा के खोज्छन् ?

विभिन्न अनुसन्धानले के देखाएका छन् भने दक्षिण एसियाका युवतीहरूलाई क्लिन शेभ्ड युवकको तुलनामा अलिकति दार्‍ही भएका पुरुष सेक्सी लाग्छन् ।

यसको पछाडि मुख्य कारण के हो भने हल्का दार्‍ही परिपक्वताको सूचक हो । महिलाहरू यस्ता पुरुषलाई परिपक्व सम्झेर उनीहरूप्रति आकर्षित हुन्छन् । धैर्यवान् र रोमान्टिक पुरुषहरूलाई पनि युवतीहरूले धेरै मन पराउँछन् । यदि कुनै युवकले सधै खेलकुद वा राजनीतिको मात्र कुरा गरिरह्यो भने युवतीहरूले उनीहरूलाई मन पराउँदैनन्, बरु रोमान्टिक कुरा गर्ने पुरुषलाई मन पराउँछन् । किनभने त्यस्ता पुरुषबाट युवतीहरू प्रेमको अनुभूति गर्न थाल्छन् र त्यही पुरुषमा आफ्नो जीवनसाथी खोज्छन् ।

जिस्किने, चल्ने बानी पनि एउटा क्वालिटी हो, जसलाई युवतीहरूले पुरुषमा खोज्छन् सिरियस प्रकृतिका पुरुषहरू अलि बोरिङ खालका हुन्छन् । यस्तोमा जिस्किने, चल्ने स्वभावका पुरुषहरू उनीहरूलाई धेरै मन पर्न सक्छन् ।

युवतीहरू पुरुषहरूले आफ्नो करियरलाई कति महत्त्व दिन्छन् भन्ने कुरा पनि हेर्छन् । उनीहरू सफलता र जिन्दगीमा केही गर्ने चाहना भएका पुरुषहरूलाई प्राथमिकता दिन्छन् ।

खुला विचार भएका पुरुषहरू युवतीहरूको रोजाइमा हुन्छन् । संकुचित सोच हुने पुरुषहरूबाट युवतीहरू टाढै रहन चाहन्छन् ।

पुरुषहरूमा म्यानर कति हुन्छ ? उनीहरूले युवतीहरूलाई कति इज्जत गर्छन् ? यसमा पनि युवतीहरूको सोच निर्भर रहन्छ ।

उनीहरूलाई भद्र भलादमी पुरुष मन पर्छन्, जसले उनीहरूको इज्जत गरून् र हेरविचार पुर्‍याउन् ।

युवकहरूको एउटा अर्को विशेषता पनि युवतीहरूलाई मन पर्छ । त्यो हो- अरूबाट अलग स्टाइल, जुन सबैभन्दा भिन्न होस् ।

पुरुषमा हुने आत्मविश्वासले पनि युवतीहरूलाई आकर्षित गर्छ ।

विवाह र सम्बन्धमा पुरुषहरूको गम्भीरता पनि युवतीहरूले खोज्ने विषय हो ।

युवतीहरूले पुरुषमा एउटा अर्को पनि विशेषता खोज्छन्, त्यो के भने पुरुषहरू कति संवेदनशील, मित्रवत् र सहयोगी हुन्छन् ।

पुरुषहरूमा जोस-जाँगर कति छ, उनीहरू कति दयालु छन् भन्ने कुरामा पनि युवतीहरूको चासो हुन्छ । उनीहरू चाहन्छन्- पुरुषले उनीहरूलाई माया गरुन्, प्रशंसा गरुन् र सरप्राइज पनि दिऊन् ।

उपहार पनि युवतीहरूलाई धेरै मन पर्छ । उपहार नदिने पुरुषलाई उनीहरू त्यति मन पराउँदैनन् ।

पुरुषहरूले उनीहरूमाथि कति पैसा खर्च गर्छन्, त्यसबाट उनीहरूले आफ्नो साथी आफ्नो सम्बन्धलाई लिएर कति गम्भीर छ अनुमान गर्छन् ।

युवतीहरू के पनि हेर्छन् भन्ने पुरुषहरूप्रति उनीहरू कति निर्भर हुनुपर्छ, त्यसैले उनीहरूलाई आर्थिक रूपमा सक्षम पुरुष मन पर्छन् ।

युवतीहरू बोरिङ प्रकारका पुरुषबाट टाढै बस्न मन पराउँछन्, अर्थात पुरुष गम्भीर होस् तर बोर नहोस्, रोमान्टिक होस् तर सस्तो खालको नहोस्, जिस्किने होस् तर अपरिपक्व सोच भएको नहोस् ।

सबैको सार यही हो कि युवतीहरूले पुरुषमा यिनै आधारभूत कुरा खोज्छन्, जस्तो कि पुरुषहरू आफ्नो सम्बन्धलाई इमान्दारीपूर्वक निर्वाह गर्ने होस्, युवतीहरूलाई इज्जत गरोस्, परिपक्व र खुल्ला विचारको होस्, निजी जीवनमा जति रोमान्टिक, जिस्किने भए पनि व्यावसायिक जीवनमा त्यति नै गम्भिर र सफल होस् ।
- साप्ताहिक
Read Full Discussion Thread for this article