Posted by: jepayotyehi February 8, 2014
Life
Login in to Rate this Post:     1       ?         Liked by
जीवन प्रकृतिको नियम हो.... आमा भनेको प्रकृति हो, श्रिस्तिकर्ता हो.... आमाको हृदय आकाश भन्दा फराकिलो हुन्छ. ...आमाको माया समुन्द्रको गहिराई भन्दा ठुलो हुन्छ..... बिहानी पख तप्किने शीतको जस्तो आमाको माया स्वच्छ र पबित्र हुन्छ. तर आमाको क्रोध ज्वालामुखीको भुङ्ग्रो जस्तो एकै छिनमा सबै सखाप पर्ने राप जस्तो पनि हुन सक्छ.
जसरि मरुभूमिको कठोर गर्मि र उराठ भूमिमा एउटा cactus लाई सप्रिन कहिले काहीं तीखा कादाहरु उमार्न पर्ने हुन्छ. त्येस्तै कहिले काही आमाको माया कठोर लाग्न पनि सक्छ. तर त्यो प्रकृतिको आफ्नो सन्तानलाई बचाउनको लागि कसरत हो.
यो संसार मायामा अडेको छ. मायाबाट कोहि पनि भाग्न सक्दैन. मायाले गर्दा नै संसारमा श्रिस्ति हुन्छ. ठुला ठुला चट्टानलाई छिचोल्दै कैयन कठिनाई भोग्दै एउटा सानो बिरुवा उम्रन्छा घामको स्पर्स गर्न. त्यो माया हो. त्यो प्रकृति हो. त्यो जीवन हो. त्यो श्रिस्ति हो. त्यो आमा हो. त्यसै गरि हिउदमा मरणासन्न देखिने रुखले बसन्तमा साना साना पालुवा उमार्छ. वरी परि हरियाली र शीतलता छर्दै... त्यो माया हो. त्यो प्रकृति हो. त्यो जीवन हो. त्यो श्रिस्ति हो. त्यो आमा हो.
जो यो संसारमा मायासंग भाग्न सक्छु भनेर अहम गर्छ, त्यो आडम्बरी मानिस हो. जसले आमाको मर्म बुज्छ, जीवनमा जस्तो कठिनाईमा पनि शीतलता र छहारी पाउछ.
Read Full Discussion Thread for this article