Posted by: cybernepali February 3, 2014
ज्ञानेन्द्रकी छोरीले गरिन् घरजग्गा कब्जा
Login in to Rate this Post:     0       ?        

१५ माघ, काठमाडौं । राजधानीको छाउनीस्थित पूर्वराजा वीरेन्द्रको परिवारको स्वामित्वमा रहेको भवन अहिलेसम्म पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा सिंहले कब्जा गरिरहेको गुनासो मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसमक्ष पुगेको छ ।

prerana-shahनेपाल ट्रष्टका तर्फबाट मंगलबार गृहमन्त्रीले मन्त्रिपरिषद अध्यक्ष रेग्मीलाई बुझाएको प्रतिवेदनमा ट्रष्टले प्रयास गर्दा पनि भवन र जग्गा राष्ट्रियकरण गर्न नसकेको उल्लेख छ । नेपाल ट्रष्टको आर्थिक वर्ष ०६८/०६९ को वाषिर्क प्रतिवेदनको ३२ औं पृष्ठमा भनिएको छ,-छाउनीस्थित तत्कालीन राजाको नाममा रहेको घरजग्गा यस कार्यालयको स्वामित्वमा आए तापनि उक्त जमीनमा बनेको भवन तत्कालीन राजपरिवारका सदस्यले हालसम्म उपयोग गरिरहेकाले ट्रष्टको प्रयासको बावजुद पनि ट्रष्टले उपभोग र उपयोग गर्न बाँकी रहेको छ ।’

महंगो जमीनमा बनेको भवन अहिले ज्ञानेन्द्रकी छोरी प्रेरणा र ज्वाइँ राजबहादुर सिंहले उपभोग गर्दै आइरहेका छन् ।

नेपाल ट्रष्ट ऐन ०६४ अनुसार गठित नेपाल ट्रष्टको संरक्षकमा प्रधानमन्त्री रहन्छन् भने ट्रष्ट सञ्चालक समितिको अध्यक्षमा प्रावधान गृहमन्त्री रहने प्रावधान छ । स्वयं गृहमन्त्री अध्यक्ष रहेको ट्रष्टले पहल गर्दा पनि ज्ञानेन्द्रकी छोरीले उपभोग गरेको अचल सम्पत्ति नेपाल सरकारले आफ्नो नाममा ल्याउन नसकेको हो ।

विदेशमा फेला परेन ‘पम्फादेवी’ को पैसा

पूर्व राजपरिवारले विदेशमा खाता खोलेर सम्पत्ति लुकाएको चर्चा ०४६ सालको परिवर्तनपछिदेखि चल्न थालेको हो । तत्कालीन रानी ऐश्वर्यले ‘पम्फादेवी ठकुरानी’ को नामबाट स्वीटजरल्याण्डमा खाता खोलेको चर्चा ०४६ को परिवर्तनपछि खुबै चलेको थियो । तर, नेपाल ट्रष्टले भने अहिलेसम्म विदेशमा पूर्वराजपरिवारको सम्पत्ति फेला नपरेको जनाएको छ ।

विदेशको पैसा खोज्न स्थायी कार्यदल बनाउन माग

ट्रष्टले विभिन्न मन्त्रालय र राष्ट्रबैंक समेतको सामुहिक पहलमा विदेशमा रहेको सम्पत्ति खोजी गर्न स्थायी किसिमको कार्यदल गठन गरिनुपर्ने सुझाव मन्त्रिपरिषदलाई दिएको छ ।

यसबारे ट्रष्टको प्रतिवेदनको ३३ औं पृष्ठमा भनिएको छ,-’नेपाल ट्रष्ट र अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा नेपाल राष्ट्र् बैंकको सहयोगमा विदेशमा रहेको सम्पत्ति खोजविन कार्यको लागि स्थायी प्रकृतिको कार्यदल गठन गरी परिचालन गर्नुपर्नेे देखिन्छ ।’

त्यसो त नेपाल ट्रष्टका कर्मचारीहरुले विदेशमा पूर्व राजपरिवारको सम्पत्ति खोज्न भन्दै दशौं लाखको वैदेशिक भ्रमणसमेत गर्न भ्याएका छन् । ट्रष्टका कार्यकारी सचिव श्रीधर गौतमले तयार पारेको वाषिर्क प्रतिवेदनमा स्वदेश तथा विदेशमा वीरेन्द्रका परिवारको् सम्पत्ति खोजविनका लागि ५३ लाख ५० हजार बजेट स्वीकृत भएको उल्लेख छ । प्रतिवेदनमा प्रस्तुत वाषिर्क कार्यक्रमको विवरणमा ‘विदेशमा अवलोकन भ्रमण’ समेत उल्लेख छ ।

- See more at: http://www.onlinekhabar.com/2014/01/161232/#sthash.tWQExDCn.dpuf
Read Full Discussion Thread for this article