Posted by: Rudramati January 7, 2014
नेपाली चेलीले न्यूयोर्कमा भोगेको दर्दनाक कथा
Login in to Rate this Post:     0       ?        

'पाले पुण्य मारे पाप' भन्दै हिन्दू संस्कारअनुसार अग्नीलाई साक्षी राखेर सात फेरा लगाएर आफ्नी जवान छोरी बाबुआमाले ज्वाइँलाई जिम्मा लगाइएकी एक चेलीको दारुणिक कथा ।

कथा व्यक्तिगत भनौं भने घरको चौघेराभित्र मात्र सीमित छैन । न त नेपालको सीमारेखामा नै सीमित छ । सार्वजनिक भनौं भने पूर्णरुपमा अमेरिकी प्रवासी नेपाली समाजको दृष्टि परेको छैन । देशदेखि परदेशसम्म हिन्दू नारीहरुको महान् चाड तीजले हरेक नेपाली नारीलाई ढपक्क छोपिरहँदा तिनैमध्येकी एक नारी प्रवासी भूमिमा अलपत्र अवस्थामा छिन् ।


व्यस्त न्यूयोर्क शहरको कुइन्सस्थित विभिन्न पार्कहरुमा कुर्सीमा दिनभरि असरल्ल सुतिरहेकी हुन्छिन् उनी । कतिपय बिरानाहरुले दुव्र्यवहार गर्न आउँछन् भने कतिपयले कठै भनेर एक आना दुआनाका सिक्काहरु हु-याइदिन्छन् । ३०-३१ को जवानी एकातिर छ भने अर्कोतर्फ मानसिक असन्तुलनको रोगले दिनदिनै आक्रान्त पार्दैछ उनलाई । कठै भन्दै सम्झाएर न ओखती खुवाउने कोही छन् रु न माया–ममता दिने आफन्त नै कोही छन् र?


अछाम जन्मघर भएकी उनी धनगढीको एउटा परिवारमा बुहारीको रुपमा हाँसीखुसी भित्रिएकी थिइन् । ७ वर्षअगाडि सर्वस्व ठानेकी आफ्नै श्रीमान्को इँजारको फेर समातेर अमेरिकाको केन्टुकी राज्य आइपुगेकी उनलाई मानसिक रोगले च्याप्दै गएपछि ३ वर्षअगाडि नै उनको आशा, भरोसा र विश्वासका केन्द्रबिन्दु श्रीमान्ले उनलाई पारपाचुके गरेर सौता भित्र्याइसकेका छन् । जसको साथ लागेर परदेश आइन्, आज उनीसँग ऊ छैनन् । मानसिक रोगी उनी आफू केही सोचविचार पु-याएर गर्न सक्दिनन् । न कसैले काम दिन्छ, न गर्न नै सक्छिन् उनी ।

भोक लागिहाल्छ । खानु त प¥यो नि रु घामपानी, हावाहुरी उनको लागि सबै समान छ । न उनीसँग आधिपत्य जमाउन सक्ने निशुल्क मुन्टो लुकाउने बास छ, न निशुल्क गाँस छ न त निशुल्क वस्त्र नै । झण्डै एक वर्षअगाडि न्यूयोर्क आइपुगेकी उनलाई कहिले पारु दिदीको सहयोग त कहिले इभान इम्प्लोइमेन्टकी कृष्णा बहिनीको सहयोग मिलिरहेको छ । कयौं पटक कृष्णा बहिनीले काम खोजेर काम गर्न पठाइन् तर बिरामीलाई कसले राख्छ र र?

गत हप्ता यस पंक्तिकार स्वयम् कृष्णा बहिनी र पारु दिदीको साथ लागेर केही सहयोग पु-याउन सकिन्छ कि भनेर उनले उडसाइडमा अस्थायी रुपमा पाइरहेको आश्रयस्थलमा पुग्दा पत्रकार भनेर कसैले चिनाइदिनासाथ एउटा कविता पत्रिकामा छपाइदिन अनुरोध गर्दै मलाई दिइन् र भनिन्– दाइ म मानसिक रोगी हुँ । मलाई श्रीमान्ले छाडेको ३ वर्ष भयो । म मानसिक रोगी भएकोले श्रीमान्ले छाड्नुभयो । अहिले अर्कै श्रीमती ल्याउनुभएको छ । प्लिज दाइ यो कविता पत्रिकामा छापिदिनुस् न ।’
(सामाजिक कारणले पीडित पात्रको नाम खुलाइएको छैन । सं.)

Source : topnews

Read Full Discussion Thread for this article