Posted by: magorkhe1 January 2, 2014
जय होस् नामर्द हरुको |
Login in to Rate this Post:     0       ?        
देशका सबै लक्का जवान कोही पढ्न कोही कामको खोजिमा शहर छिर्ने देखी बिदेसिएका छन | कती साहसि छौ हामी अफ्गानिस्तान देखी इराक का लडाईंको बेला मा पनि सेवा गर्न पुग्यौ | कामले सानो र ठुलो हुने देशमा : बिदेसिएर सानो हुन बाट जोगिने प्रयास त हैन ?  अरुको के कुरा गरौ, मेरो कजन सब्-ओभर्सियर को काम २-४ महिना के गरेको थियो। उस्को भाई तेही जिल्लाको नगरपालिकामा इन्जिनियर भएर आए पछी काम चटक्क छोडि दियो | सानो हुने डर बाट त्रसित भै छोडेको हुनु पर्छ ? बिडम्बना के देख्नु र सुन्नु पर्यो भने खाडी मुलुकमा गएर काम गर्न तयार थिए अनी दौड धुप मा पनि लागेका हुन ।
देवालीको बेला म आफ्नो जन्मस्थान पुगेको थिए , यो कुरा तेही मेरो गाउको हो | सारा गाउका युबा लाहुरिएका  छ | मुग्लान न् लाग्ने जती लाई बिशेष गरी बुढा पाकाहरुले नामर्द भनी टोकसो गर्दा रहेछन | गाउमा भएका लक्का जवान  २-४ जना मात्र बाँकी रहेछन  यिनी हरुको काधमा धेरै दाइत्व थपिएको छ अनी ति बुदापाकाले ठुण्गी नहानी उनिहरुको उपस्थितिको मर्यादा गन्रु पर्ने हो तर नामर्दको उपाधीले बिभुसित गरिदिदा रहेछन | 
कोही उभो लागे : काध हालेर घाट सम्म पुर्याउन र दाउरा सन्कलन गर्न उनी हरुनै हुन्छन| दसैं आयो खसी बोका छप्क्याउनलाई इनै नामर्द हरु नभै दसैं भित्रिदैन |
लौन यि नामर्दहरुको लागि के गर्न सकिन्छ ?| यिनीहरु देश सेवा गरेर बसेका कुरा गाउले हरुको मस्तिस्क्मा कसरी भरिदिने ? दु:ख लाग्दो कुरा गाउमा भएका लट्ठक इनै हुन तर चेली बेटीहरुले पनि कमाउ श्रीमान नै खोज्ने रहेछ्न !मन्पराएकाहरु बाट रिजेक्ट्मा परे रे ? शायद सुन्दा सुन्दा तिनिहरुको मस्तिस्कमा पनि साँच्चै नामर्दनै हुन भन्ने परेको हो कि ? गाउमा भएका २-४ जना ठिटा हरुको यो हालत छ तिमी बोकाहरु अमेरिकामा पुग्ने हरु किन गन्थन गरी बस्छौ ?
 यिनीहरु  गाउका हिरो हुन, सेविएर हुन , एउटै कम्जोरी बिदेसिन चाहेनन,वा  चाहेर पनि सकेनन , नलागौ ब्यक्तिगत कुरा तिर | लौ यिनी हरुको लागि के गर्न सकिन्छ , बिदेस बाट गाउ घर जानेहरुले यिनिहरुको हौसला बढाउने अनी ति बुढा पाका हरुलाई सम्झाऊन लाई समबाब्यता हैन सुझाब र कार्य पक्ष : साझा छिर्ने ,ढुक्ने, चौतारीमा गफ हाक्ने सबै  महानुभाब हरुको सुझाब बटुल्न खोज्दै छु | अर्को पल्ट गाउ जादा यि सुजाब बाट केही गर्न सकिन्छ कि यि गाउका हिरोहरुलाई?

Last edited: 09-Jan-14 08:47 PM
Read Full Discussion Thread for this article