Posted by: ujl December 21, 2013
सुत्नु र उठ्नु
Login in to Rate this Post:     0       ?        
सुत्नु भनेको नै उठ्नु हो र उठ्नु भनेको नै सुत्नु हो I सुत्नु र उठ्नुको बिचमा के हुन्छ? बिचमा शान्ति हुन्छ जसमा कुनै प्रकारको तरङ्ग मनमा उत्पन्न हुँदैन I यो अवस्थालाई सुसुप्ति भनिन्छ I सुसुप्तिको अनुभव कसले गर्दछ त? सुसुप्ति को अनुभव जसले गर्दछ, त्यो नै तपाईको स्वरूप हो I तेसैले यसलाई अनुभव गर्ने प्रयास गर्नुहोस I सुत्नु र उठ्नु केवल शब्द मात्र हुन जसको कुनै अर्थ नै छैन I सुत्नु भनेको उठ्नु किन हो त? जब हामी सुत्छौँ, तब हामी स्वप्न संसारमा जागेका हुन्छौं, तेसैले यसलाई जागृत अवस्था नै भनिएको हो I उठ्नु पनि स्वप्न तुल्य भएको हुनाले यसलाई सुत्नु नै भनिएको हो I सुत्नु उठ्नु केवल शुद्ध चैतन्यमा भएको सानो हलचल मात्र हो I जब आफ्नो स्वरूपको अनुभव हुन्छ, तपाई सुत्नु र उठ्नु भन्दा पर पुग्नुहुन्छ I यो अवस्थालाई तुरिय भनिन्छ I तुरियलाई शब्दद्वारा वर्णन गर्न सकिदैन किनकि यो शब्द भन्दा पर छ I यो शुद्ध चैतन्य हो र यसको केवल अनुभव मात्र गर्न सकिन्छ I
Read Full Discussion Thread for this article