Posted by: metta December 21, 2013
airport मा loot कम्पनि
Login in to Rate this Post:     0       ?        
ठुलालाई चैन सानालाई ऎन
 

सीता राई बलात्कार र ठगी प्रकरणः दुईलाई सफाई, दुईलाई जेल सजाय

 

२०७० पुष ६ गते ९:३१ मा प्रकाशित
 

६ पुस, काठमाण्डौ । साउदी अरबबाट फर्किएकी भोजपुरकी युवती सीता राईलाई बलात्कार र ठगी गरेको अभियोगमा दुई जनालाई काठमाण्डौं जिल्ला अदालतले जेल सजाय सुनाएको छ ।

sita raiन्यायाधीश मोहम्मद जुनेद अजादको एकल इजलासले बिहीवार अध्यागमनका नायव सुब्बा सोमनाथ खनाल र प्रहरी जवान परशुराम बस्नेतलाई जनही ५ हजार रुपैयाँ जरिवाना र एक बर्ष कैद हुने फैसला सुनाएको हो ।

तर, सोही अभियोगमा मुद्दा खेपिरहेका अध्यागमनका अधिकृतहरु रामप्रसाद कोइराला र टीकाराम पोखरेललाई भने अदालतले सफाई दिएको छ ।

नक्कली पासपोर्टमा साउदीमा चार बर्ष बिताएर एक बर्षअघि नेपाल फर्किएकी राईलाई अध्यागमन अधिकारीहरुले कारवाही हुने भन्दै धम्क्याएर २ लाख १८ हजार रुपैयाँ लुटेका थिए । त्यसपछि प्रहरी जवान वस्नेतले वालाजुस्थित गेष्टहाउसमा लगेर बलात्कार गरेका थिए ।

बस्नेतको छुट्टै मुद्दामा यसअघि नै जिल्ला अदालतले ५ बर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना फैसला गरिसकेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अध्यागमन अधिकारीहरुबिरुद्ध बेग्लै मुद्दा दायर गरेको थियो ।

http://www.onlinekhabar.com/2013/12/147104/

 
Read Full Discussion Thread for this article