Posted by: cybernepali December 16, 2013
शेष घलेले २२ अर्ब रुपिया खर्च गरि अस्ट्रेलियामा ५० तल्ले भवन निर्माण गर्ने
Login in to Rate this Post:     0       ?        

१ पुस, काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको लगानीमा अष्ट्रेलियाको मेलवर्नमा ५० तल्ले होटल र अपार्टमेन्ट निर्माण हुने भएको छ ।

मेलवर्नको मुख्य पर्यटकीय गन्तब्य क्वीन भिक्टोरिया मार्केटसँगै घलेको कम्पनी एमआईटी ग्रुपले एउटा ५० तल्ले र अर्को ३० तल्ले गरी दुईवटा टावर बनाउन प्रस्ताव गरेको छ ।  भिक्टोरिया राज्य सरकारले हालै यो बजारलाई स्तर उन्नति गर्ने योजना अघि सारेपछि त्यसको अंगका रुपमा घलेको एमआईटीले अपार्टमेन्ट र होटल निर्माण गर्ने प्रस्ताव गरेको हो ।

new-tower-by-MIT-Queen-victoria-marketएमआईटी ग्रुप होल्डिङकी प्रबन्ध निर्देशक जमुना गुरुङले भिक्टोरिया मार्केटसँगै बहुउपयोगी कम्प्लेक्स निर्माण गर्न लागिएको बताउनुभयो । ‘सुरुका तल्लाहरुमा सपिङ सेन्टर रहनेछ, माथि बुटिक होटल र सर्भिस अपार्टमेन्टको प्रस्ताव गरेका छौं’ घलले भन्नुभयो ।  यहाँ स्थापना गर्न लागिएको होटल पाँच तारेकै स्तरको ‘बुटिक होटल’ हुने उहाँले जानकारी दिनुभयो ।

परियोजनाका आर्किटेक्ट डिजाइनर कालम फ्रसरका अनुसार दुवै भवनमा २१० कोठाको होटल र ६०९ युनिट अपार्टमेन्ट हुनेछन् । जसमध्ये २१९ युनिट एक बेडरुम, २७३ दुई बेडरुम र १३ वटा तीन बेडरुमसहितका हुनेछन् ।

प्रस्तावित ब्यापारिक भवनमा २७९ पब्लिक कार पार्किङ, २७२ वटा बाइक पार्किङ, जिम र स्वीमिङ पुल पनि रहने छ । पाँचतारे होटलका लागि अमेरिकाको एस होटल ग्रुपसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । एमआईटीले चार बर्षअघि नै भवन बनाउने जग्गा किनिसकेको थियो ।

मेलवर्नका स्थानीय संचारमाध्यमहरुले यो परियोजना निर्माण सम्पन्न गर्न २५ करोड अष्ट्रेलियन डलर (झण्डै २२ अर्ब नेपाली रुपैयाँ) खर्च हुने बताएका छन् ।

शेष घले र उहाँकी धर्मपत्नी जमुना गुरुङ दुवैजना अष्ट्रेलियाका सर्वाधिक धनी २०० जनाको सूचीमा हुनुहुन्छ । उहाँहरुले मेलवर्न र सिड्नीमा मेलवर्न इस्न्टिच्यूट अफ टेक्नोलोजी कलेज संचालन गरिरहनुभएको छ भने एमआईटी ग्रुप अन्तरगत बिभिन्न ब्यापारिक भवनको स्वामित्वसमेत छ । एमआईटीकै लगानीमा काठमाण्डौमा पाँचतारे होटल शेराटनको निर्माण पनि सुरु हुँदैछ ।

new-tower-by-MIT-Queen-victoria-market1

new-tower-by-MIT-Queen-victoria-market-2

new-tower-by-MIT-Queen-victoria-market3

- See more at: http://www.onlinekhabar.com/2013/12/145716/#sthash.BRGS4k5Y.dpuf
Read Full Discussion Thread for this article