Posted by: Rudramati December 10, 2013
नेपाल आयो (लघुकथा)
Login in to Rate this Post:     2       ?         Liked by

ऊ अध्ययन गर्न भनेर बोइङ्ग चढेर विदेश लाग्यो । विदेश लागेको तेस्रो वर्ष छुट्टी रे भनेर उ सुट-बुटमा सजिएर घर आयो। त्यसपछि उसको पढाइको साथै काम-धाम पनि उतै चल्ने रे भन्ने हल्ला आयो । पढाइ सक्केको ३ वर्षपछि बिहे गर्न भनेर फेरि आयो । करिब १० वर्षपछि बाबुको मृत्युको खबर पुगेपछि आयो । अर्को पन्ध्र वर्षमा आमाको अन्तिम अनुहार हेर्न आयो । सुनिन्थ्यो त्यसपछि उसलाई स्वदेशमै फर्कने रहर आयो । अर्को दशक बित्यो, तर ‘उता बस्नै मन छैन रे’ भन्ने मात्र खबर आयो । कहिले केटाकेटीको पढाइले अल्झेको त, कहिले सपरिवार नै फिर्ने खबर आयो । नेपालमै बस्छु, नेपालमै मर्छु भन्छ भन्ने इच्छा उसमा उग्र आयो । समय बित्तै गयो, तर ऊ हैन्, उ आउने खबर मात्रै आयो । धेरै वर्ष फेरि बित्दा एउटा वैराग्यको खबर आयो । सुनियो कि काठको बाकस भित्र हालिएको उसको लास नेपाल आयो । (Source : http://laghukathaa.wordpress.com/2012/04/04/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2-%E0%A4%86%E0%A4%AF%E0%A5%8B-%E0%A4%B2%E0%A4%98%E0%A5%81%E0%A4%95%E0%A4%A5%E0%A4%BE/ )
Read Full Discussion Thread for this article