Posted by: metta November 24, 2013
प्रचण्डको अर्को शर्त
Login in to Rate this Post:     0       ?        
अब सहमतिमा भएको खेललाई आफू हारेपछि रोइ कराई गरेर नमान्ने यिनीसंग केहि कुराको सहमति लिन सकिएला?

प्रचण्डले अब संबिधान सभामा आउन दुइ तिहाईको सर्त हटाई "सहमति" मा हुनु पर्ने शर्त अघि सारेका छन्  | अहिले सम्म यहि सहमतिको मादल बजाई माओबादीले नेपाललाई लुट्दै आइरहेका छन् र नेपाली जनताले यो सहमति सब्द देखि वाक्क भै सकेका छन् | हो सहमति हुनु पर्छ, तर खेल हारि सके पछि खेलको नियम नै मान्दिन भन्नेले र जनतालाई बम पड्काई घाइते बनाउनेहरु संग झुकी यहि "सहमति" को भूमरीमा फेरी फस्न गयो भने नेपालमा संबिधान अझै बन्ने छैन | यी आतंकवादीहरुलाई समेटेर ल्याउने प्रयास गर्नु पर्ने छ तर यिनीहरुले भने जसरी खेलको नियम नै परिवर्तन गरि उनीहरुको अनूकुल बनाई दुइ तिहाईको सर्त हटाउनु हुदैन |

http://nagariknews.com/politics/party-politics/story/10168
Read Full Discussion Thread for this article