Posted by: cybernepali November 22, 2013
दाहाल परिवारमा तेस्रो हार, बुहारी बिना पनि पराजित
Login in to Rate this Post:     0       ?        

एमाओवादीकी नेतृ तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी बिना मगर कन्चनपुर १ बाट पराजित भएकी छन् ।

नेपाली कांग्रेसका देवानसिंह विष्टले १० हजार २ सय ९४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी विना मगरले ९१५० मत ल्याएकी थिइन् । यो सँगै प्रचण्ड परिवारबाट उम्मेद्वार दिएका छोरी रेणु दाहाल , तथा प्रचण्ड पनि पराजित भइसकेका छन् । अब दाहालको मात्र सिराहा ५ बाट नतिजा आउन बाँकी छ ।

Read Full Discussion Thread for this article