Posted by: _____ November 21, 2013
एमाओवादीका दुई उम्मेदवारको जमानत जफत
Login in to Rate this Post:     0       ?        

काठमाडौंमा एमाओवादीका दुई उम्मेदवारको जमानत जफत

काठमाडौ‌मा दुई जना एमाओवादीका उम्मेदवारको जमानत जफत भएको छ । ‌

मुक्तिनारायण प्रधान

काठमाडौ‌–८ का एमाओवादी उम्मेदवार पूर्व महान्यायाधिवक्ता मुक्तिनारायण प्रधान र ५ का एमाओवादी उम्मेदवार महेन्द्रकुमार श्रेष्ठको जमानत जफत भएको छ ।

क्षेत्र नम्बर ८ को कुल सदर मत ३४२८३ मध्ये प्रधानले २७६५ मात्रै ल्याए भने ५ नम्बरमा ४१९३८ मध्ये श्रेष्ठले ३६५५ मात्रै मत ल्याए ।

निर्वाचनमा जमानत बचाउन उम्मेदवारले खसेको कुल मतको कम्तीमा १० प्रतिशत मत ल्याउनु पर्ने प्रावधान छ ।

Read Full Discussion Thread for this article