Posted by: cybernepali October 29, 2013
प्रचण्डविरुद्ध पदम कुँवरको मोटरसाइकल र्‍याली
Login in to Rate this Post:     0       ?        

Prachanda_VS_padam_kunwarकाठमाडौं, ११ कात्तिक । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप्पड लगाएर एकाएक चर्चामा आएका युवा पदम कुँवरले आज प्रचण्डविरुद्ध मोटरसाइकल र्‍याली निकाल्दैछन् ।

आउँदो संविधानसभा निर्वाचमा काठमाडौं निर्वाचन क्षेत्र नं. १० मा एमाओवादी अध्यक्ष प्रचण्डविरुद्ध उम्मेदवारी दिएका कुँवरले प्रचारप्रसारका लागि मोटरसाइकल र्‍याली निकाल्न लागेको हो । पदम कुँवरलाईं जिताऔं भन्दै  आज २ बजे कीर्तिपुरबाट मोटरसाइकल र्‍याली निकाल्ने कार्यक्रम तय भएको छ ।

कीर्तिपुरवासी न्हुच्छेलाल महर्जनले क्रान्तिकारी तथा निडर युवालाई जिताउन कीर्तिपुरका युवाहरुको विशेष सक्रियतामा यो कार्यक्रम राखेको जानकारी दिएका छन् । मोटरसाइकल र्‍याली लगत्तै पत्रकार सम्मेलन गरेर व्यवस्थित ढंगले चुनावी अभियान चलाइने पनि महर्जनले बताएका छन् ।

Read Full Discussion Thread for this article