Posted by: UBB October 26, 2013
Vote for Independent-Suppoting Bibeksheel
Login in to Rate this Post:     0       ?        

संविधान सभा निर्वाचन २०७०

चुनाव चिन्ह

 
कुकुर
 

उमेदवार(स्वतन्त्र)

 
narayan
गोविन्द नारायण
(स्वतन्त्र उमेदवार)
काठमाडौं - १
 
 
pukar
पुकार बम
(स्वतन्त्र उमेदवार)
काठमाडौं - ८
 
ujjwol
उज्वल थापा
(स्वतन्त्र उमेदवार)
काठमाडौं - ५
 
santosh
सन्तोष प्रधान
(स्वतन्त्र उमेदवार)
काठमाडौं - ४







तपाईँ को हुनुहुन्छ ?

हामी ऊर्जाशील, सकारात्मक, प्रतिबद्ध र विकशिल नेपालीहहरूको नयाँ राजनीतिक शक्ति-समूह हौँ । नेपाललाई शान्त र संबृद्ध बनाउन आबश्यक स्पष्ट मार्गदिशा र तागत हामीसङ्ग छ । हामी बर्तमान् अक्षम राजनीतिक शक्तिहरूको दासत्त्वको शिकार हुँदै आएका छौं । यो दासत्तवको बिरुद्ध हामी सकृय रूपले लाग्नेछौं । थप जानकारीका लागि हाम्रो मार्गदृष्टि पत्र हेर्नुहोस् -

तपाँई के गर्दै हुनुहुन्छ ?

हामीले एउटा यस्तो राजनीतिक मञ्च बनाउँदैछौ जसले अहिल्यैका अनैतिक र गैर जिम्मेवार राजनीतिक शक्तिहरूको दासत्त्वबाट आम नेपालीहरूलाई स्वतन्त्र तुल्याउँन र उनीहरुलाई समृद्ध नेपाल बनाउन प्रेरित गर्नेछ । हामी अहिले यस मञ्चका लागि आबश्यक साङ्गठनिक पूर्वाधारको बिकाशमा केन्द्रित छौँ ।

यो किन गर्दै हुनुहुन्छ ?

अहिल्यै नगरे कहिल्यै ? हामीले नगरे कसले ? हामीलाई सधैँ भरि पीडित भई बस्न मन छैन । अब हामी चुप बस्न सक्दैनौं । त्यसैले हामीनै यो समस्याको हल गर्न अगाडि बढेका छौं । रुख रोप्ने सबैभन्दा ठिक बेला २० बर्ष अघि हो। त्यस पछिको ठिक बेला भनेको अहिले हो। अब पनि सहेर बस्यौँ भने त हामी जिउदैँ मरेतुल्य हुन्छौँ त्यसैले यो जिवन सफल बनाउनु छ भने आजैबाट यो देशको संमृद्धिको लाति पसिना चुहाउनु र विवेक चलाउनु पर्छ – नत्र ढिलो हुन्छ।

कसरी गर्दै हुनुहुन्छ त ?

हामीले ३ तहमा परिबर्तन ल्याउँनेछौं -
पहिलो – व्यक्तिगत तह: हामी राष्ट्र र व्यक्तिको सफलताको लागि हरेक नागरिकमा जिम्मेबारीबोध र असल आचरण आवस्यक छ भन्ने सूचना प्रबाह गर्ने छौ र उनीहरु लाई राष्ट्र निर्माण को बृहद प्रक्रियामा समेटने छौ
दोस्रो – सामाजिक तह:हामी सामाजिक सद्भभाव,एकता, शान्ती र सहकार्यबाट मात्र दिगो बिकास सम्भव छ भन्ने सूचना प्रबाह गर्ने छौ र समाज लाई त्यस उन्मुख हुन प्रेरित गर्ने छौ !
तेस्रो - सरकारी तह : एउटा जिम्मेवार, नैतिक र उदाहरणिय राजनीतिक शक्तिको रूपमा प्रस्तुत भई परम्परागत ब्यक्तिबादी कुशासनलाई योग्यतामुखी (मेरिटोक्रेसी) सुसासनमा रूपान्तरण गर्नेछौं।

के तपाँईहरूको यो मञ्च राजनीतिक हो?

हो हामी राजनीतिक नै हौँ । आर्थिक र (सामाजिक क्रान्तिको लागि) लाई राजनितिक शक्ति

तपाईँ आफ्ना प्रतिद्वन्द्वीहरू भन्दा भिन्न कसरी हुनुहुन्छ त ?

बोलेर होईन, गरेर देखाँउछौँ हामी। नेपालमा बोल्ने, लेख्‍ने धेरै भए अब गर्नेको पालो आएको छ।

यो किन एउटा राजनीतिक मञ्च हो, दल होईन ?

निर्बाचन आयोगमा दर्ता भएपश्चात मात्रै कुनै पनि समूह, संस्था वा सङ्गठनले दलको मान्यता पाउँछ । अहिल्यै हामी एउटा राजनीतिक मञ्चको रूपमा प्रस्तुत भएका छौँ । भविष्यमा निर्वाचन भए पार्टीमा परिणित भई चुनाबमा पनि खडा हुनेछौँ । यस मञ्चलाई अहिल्यको लागि हामीले “विवेकशिल नेपाली” भनि नामाङ्करण गरेका छौँ ।

यसका संस्थापकहरू को-को हुन् र तिनको पृष्ठभूमि कस्तो छ ?

यसका संस्थापकहरू आ-आँफ्ना क्षेत्रमा दक्ष बिबेकशील नेपालीहरू हुन् । कोहि उद्दमी हुन् भने कोहि सामाजिक र राजनीतिक अभियानकर्ता । कोहि बिद्यार्थी, त कोहि डाक्टर -ईन्जिनियर, कोहि किसान त कोहि मजदूर साथीहरू । यसको नेतृत्व तपाईँको लागि पनि खुल्ला छ। हाम्रो मञ्चको निर्माणाधीन नेतृत्वलाई हामी चाँडैनै सार्बजनिक गर्नेछौं ।

यो मञ्चको नेतृत्व क-कसले गर्नेछन् ?

यो मञ्च भित्र ३ धारले नेतृत्व गर्छ, न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका। यी तिनै एक आपससँग मिलेर यो मञ्च चलाउने छन। साथ-साथै एकले अर्कोलाई खबरदारी गर्छन। नेतृत्वको नियमित निर्वाचन र फेरबदल भै राख्नेछ।

Read Full Discussion Thread for this article