Posted by: metta October 23, 2013
I haven’t made any police personnel wash my feet - Karki
Login in to Rate this Post:     0       ?        
http://setopati.com/raajneeti/4699/

पानीले भरिएको वाल्टीनेर पुगेपछि लोकमान टक्क अडिए। डिएसपीले इसारा गरेपछि एकजाना सिपाही लोकमानको गोडा पखाल्न थालेँ। लोकमानले पनि नाँइनास्ती गरेनन्। 

सिपाहीलाई किन गोडा धुन लगाउनुहुन्छ? भनेर पौठाजोरी खेल्ने काम हाम्रो हैन। मैले आफ्नो काम थाले। धमाधम फोटो खिच्न थालेँ– क्लिक, क्लिक, क्लिक।
उनकी छोरी चलाख रहिछन्।
 
'पख्नुस्, पख्नुस्, पख्नुस्,' उनी कराउन थालिन, 'गोडा धोएको फोटो नखिच्नु।'
 
हामी (अरु पत्रकार साथी) ले आफ्नो काम तमाम गरिसकेको थियौं। 
- See more at: http://setopati.com/raajneeti/4699/#sthash.G2unl8pL.dpuf


http://setopati.com/bichar/4768/

सामाजिक रुपले के स्वीकृत र के अस्वीकृत हो भन्ने कुरा मानिसको व्यक्तिगत चेतमा भर पर्छ। लोकमानलाई लाग्यो, आफ्नो गोडामा लागेको रगत प्रहरी जवानले उनको जाँघसम्म निहुरिएर पानी खन्याइदिनु, पखाल्दिनु ठीकै हो। हाम्रो सामाजिक चेतले भन्छ, त्यो गलत हो, उनले नजिकैको धारामा गएर खुट्टा थापेर आफैं पखाल्नुपर्थ्यो।  झन् सँगै रहेका पत्रकार किशोरजंग थापाले त्यो धारामा खुट्टा पखाल्न सुझाएका पनि थिए।
 
लोकमानले विज्ञप्तिमा आफ्नो शारीरिक अवस्थाका कारण असजिलो भएको देखेर प्रहरी जवानले खुट्टा पखाल्न सघाएको उल्लेख गरेका छन्। के शारीरिक अवस्था हो, खुलेको छैन। सर्सती हेर्दा निहुरिएका प्रहरी जवानको ढाडमा हात राखेर गोडा पखाल्न सहयोग लिने कार्कीले उभिएर धारामा खुट्टा थाप्न सक्दैन थिए भन्न सकिँदैन।
 
घटना विवरणअनुसार कार्कीको अप्ठ्यारो देखेर प्रहरी जवानले पानी लिएर आएका थिएनन्। त्यहाँ उपस्थित उच्च प्रहरी अधिकृतको निर्देशनमा लोकमानको खुट्टा पखाल्न दुईवटा बाल्टीमा पानीको व्यवस्था पहिले नै गरिएको थियो। एक प्रहरी जवान त्यसैका लागि खटिएका थिए। मन्दिरको व्यवस्थाअनुसार दर्शनपछि खुट्टा धुने त्यही नजिकैको धारामा हो।
- See more at: http://setopati.com/bichar/4768/#sthash.tF78nteM.dpuf
Read Full Discussion Thread for this article