"अँ!" म फेरि तल सानीको कोठातिर हेर्न थाले, एकछिनमा ढोका खुल्यो र पुरुष आक्रिति देखियो, त्यो हस्याङ् फस्याङ गर्दै बाहिर जादै थ्यो।
मैले आफैलाइ रोक्न सकिन र सोधे, " तल को हँ ?"
"हजुर ! म" हरिदाइको स्वर सुनियो, मुमाको ड्राइभर हरिदाइ यति रातिसम्म सानीसङ बासनामा लिप्त रहेछ। घरमा स्वास्नी बाटो हेर्दै होली।
"हरिदाइ ! अध्यांरो छ बाटो! बिस्तारै जानुस् है!" सुनिले कौसीबाट भनी।
"हस् ! हजुर" भन्दै हरिदाइ बाहिर निस्कियो।
सानीको कोठाको बत्ती निभ्यो। बाताबरण शान्त थियो, म भित्र त्यसको ठिक बिपरित तुफान उर्लिदै थियो। सानीप्रतिको मेरो सहानुभुति हट्यो। किनभने उ मेरो बराबरीमा आइ। उ सङ रातमा हरिदाइ सुत्छ, म सङ सुनि। हरिदाइले जुठो बनाएको सानीलाइ म दिउसो माया गर्थे। सानीको ओठ, शरीर, अङ प्रत्यङसङ हरिदाइ खेल्नु हुन्थ्यो र म त्यही सर्बाङलाइ पबित्र मानेर ग्रहण गर्थे। मलाइ आफैसङ घिन लाग्न थाल्यो। मलाइ आफ्नो शरीर दिङ्दिङ जस्तो लागिरह्यो। सुनि मेरो नजिक आएर मलाइ मनाउने कोशिश गर्दैथी। उ मेरो शरीरसङ लपक्कै टासिन आइ र "सरी" भन्दै ओठमा चुम्न थाली। म झस्किए, किनभने मेरो ओठमा पनि सानीको जुठो छ, हैन, हैन, मेरो ओठ सुनिको जुठो हो, सानीले बिना हिच्किचाहट यही ओठलाइ दिउसो चुम्बन गर्छे। यस अर्थमा अब सानी समानान्तर हैन समान भइ सम्बन्धमा, शरीरको भोक र प्रेमको झुठो खोल ओढेर अब देखि यो समानान्तर सम्बन्ध निरन्तरता चाहन्छ कि चाहदैन म अहिल्यै केहि भन्न सक्दिन।
समाप्त।