Posted by: crazy_love October 3, 2013
समानान्तर!
Login in to Rate this Post:     0       ?        

भाग-

 

सानीलाइ मुमाले अरु के के भन्नु भयो त्यो मैले सुनिन। किनभने तल जानै सकिन, मुमाको आँखामा हेर्ने मेरो साहस थिएन। मुमासङ इतिहास थियो बुबा बुबाको रङिन सम्बन्धको। बुबाको सुन्दर ब्यक्तित्व सम्पतिको प्रभाबले मुमामाथि सौतेनी ग्रह बेला बेलामा चुनौती बनेर आँउथ्यो रे। तर मुमा पछि पछि हुदैजादा जे सुकै होस् भन्नु हुन्थ्यो रे। सानै थे, कहिले कहि दिदीहरुको खासखुसबाट घरमा केहि भैरहेछ भन्ने थाहा पाउथे, तर के रहेछ भनेर मैले कहिले थाहा पाइन।

 एकदिन यस्तै स्कुलबाट हाफटाइममा भागेर घर आइपुगेकोथे। मुमा घरमा हुनु हुन्थेन। दिदीहरु सबै स्कुल गएका थिए। घरमा कोहि नभएको मौकामा मलाइ आफ्नै कोठामा गएर आराम गर्न मन लाग्यो। जब बुबामुमाको कोठाको नजिकै पुगे, मलाइ भित्रबाट कुनै नारीको अस्पष्ट आवाज आएको जस्तो लाग्यो। ढोकैमा कान थापेर एक्छिन सुने, खालि मधुरो आवाज बेला बेलामा आउथ्यो, पीडा या आनन्दको आवाज त्यो मैले छुट्टाउन सकिन। खाट आफै चलेजस्तो, अन्त्यमा पुरुषको घाँटिबाट निस्केको अनौठो आवाज एक्छिनको मौनता। कोठाभित्र सर्याक सुरुक आवाज अनि गुनगुन सुनेपछि ढोकाबाट हटे भरेङको एक कुनामा लुकेर बसे। मेरो मनमा मुमा घरमै हुनुहुन्छ जस्तो लाग्यो, बुबा आज काममा जानु भएनछ जस्तो लाग्यो। ढोका खुल्नासाथै सीतादिदी सारीको सप्कोले छाती छोप्दै छिटोछिटो तल झर्नु भयो, त्यसको केहि समयपछि बुबा कोठाबाट निस्किनु भएको थ्यो। उहा सीतादिदी दुबैले मलाइ देख्नु भएन। चाहि धेरै बेरसम्म उहाहरु बन्द कोठाभित्र के गोप्य कुरा गर्दै हुनु हुन्थ्यो भएर सोचि रहे। सीता दिदीको घर हाम्रो घर भन्दा दुइ घर पर थियो। उहाको लोग्ने  बुबाको साथी हुनुहुन्थ्यो।

मैले जे देखे, अरु कसैले देखेनन्। मैले जे सुने अरु कसैले सुनेनन्। सबै बुझ्ने भैसकेको थिइन, बुबाप्रति मेरो आदर घट्न थाल्यो, तर उहाको माया मप्रति पहिले जस्तै रह्यो, बरु कहिल्यै घटेन। तर उहा हाम्रो अन्नदाता हुनुहुन्थ्यो, हाम्रो सुखसुबिधा सबै उहाकै देन थियो। त्यो दिनदेखि केहि महिना बुबादेखि परपर रहे बिस्तारै फेरि पहिले जस्तै हुन थाले। त्यो दिनको कुरा मैले कसैलाइ भन्न सकिन, कहिल्यै बिर्सन सके। जब जब जवान हुन थाले, मेरो बचपनको त्यो सम्झना धुमिल हुन थाल्यो तर कहिल्यै हराएन। जब अहिले सानीसङ हुन्छु, आफुलाइ बुबा सम्झिन्छु सानीलाइ सीतादिदी। त्यसरी बुबासङ आफैलाइ दाँजेर बुबा फेरि समानान्तर रेखा कोर्न थाल्छु। बुबाले जे गर्नु भएको थ्यो, पनि त्यहि गर्दैछु। समय पात्र स्थान फरक, तर कथा उस्तै छ।

क्रमश:

Read Full Discussion Thread for this article