"तिम्रो काममा जानु पर्दैन अब!" मैले उसको दुबै हातलाइ बिस्तारै घाँटिबाट हटाउदै भने।
"यो पनि त काम नै हो नि, हैन र?"सुनि रोमान्टिक हुन थाली।
"तर मेरो अपोइन्ट्मेन्ट छ १० मिनेटमा। हेर न, कस्तो टाइम यो? भरै बेलुकी म तिमीलाइ यसको ब्याज समेत माया गरुला।" मलाइ उसङ उम्किने बहाना चाहेको थ्यो। उसको गालामा हलुका चुम्बन गर्दैथे, ढोकामा सानी आइसकेकी रैछ।
"सुनि दिज्यु! हजुरलाइ के ल्याउ?" सानीले हामी दुबैलाइ नहेरी सोधी।
"अहिले केहि पर्दैन, एक गिलास चिसो पानी मात्रै।" सानी लगतै तल गइ।
"आज झन सबै कामहरु मिलाएर आएको म। तिमी चाहि बिजि! भरै पनि तिमीलाइ थकाइ लाग्ने त होला नि!" सुनिको रोमान्टिक मूड एकैछिनमा हरायो।
"प्रमिस! मैले भने नि भरै त्यस्तो हुदैन!" मेरो मुटु ढुकढुक भैरहेको थियो। मेरो शरीरमा अझै सानीको सुबास बाकि थियो।
"मलाइ यस्तो लाग्छ कहिलेकहि हामीले रोमान्सको लागि समय निकाल्नु पर्छ बुझ्यौ?बिहे पछि बच्चा, काम ब्यस्तताले हाम्रो जिबन कस्तो दिक्क बनाउदो रहेछ। तिमी पनि केहि दिन बिदा लेउ, म पनि लिन्छु अनि घुम्न जाउ तिमी र म मात्रै!" सुनिको प्रस्ताब अनायास सुनेर म झस्के।
"आज कताबाट तिमीलाइ यस्तो राम्रो राम्रो कुरा आयो हँ?"मलाइ सुनिप्रति पहिले भन्दा धेरै माया लाग्यो।
"कति काम मात्रै गर्ने, कहिले कहि आफ्नो जिबन पनि बाच्नु पर्यो भनेर नि! तिमीलाइ ढिलो होला, जाउ जाउ!" भन्दै उ फेरि ब्यागभित्रबाट फाइल खोलेर हेर्न थाली। उसको रहर छिनमै उम्लिन्छ र छिनमै सेलाउछ। म निस्केको देखि कि देखिन।
भरेङमा तल झर्दैथे, सानी पानीको गिलास लिएर माथी आँउदैथी। उसको आखा र मेरो आखा केहि क्षणलाइ जुधे, उ बिस्तारै मुस्काइ, उसको हातमा मैले हलुका स्पर्श गरे। उ लजाइ, र माथि उक्लन थाली। म तल
क्रमश: