"सानी! तिमीलाइ थाहा छ यो सत्य हैन!"
"हजुर?" उसले शायद बुझिन।
"तिमी र बिचको यो जुन सुन्दर पल छ, त्यो सत्य हैन।"
"सुन्दर छ त्यहि नै पर्याप्त छैन र?" सानी कहिलेकहि उमेरभन्दा परिपक्व कुरा गर्छे।
"सत्य के हो भने हामी दुबैबाट पाप भएको छ र यसको सजाय हामीलाइ अबश्य हुनेछ।"
"कहिल्यै?" सानीले छक्क पर्दै सोधी।
"मरेपछि। तिमी र म दुबैलाइ यमराजले सजाय दिनेछ। बुझ्यौ?" ममा भुल गरेपछिको ग्लानि भैरहेको थियो।
"मरण त सत्य हो! मरेपछि के हुन्छ कसलाइ थाहा छ र?" उ सत्यमै अलमलिरहेकी थी।
"तैपनि सानी, हामीबिच जे भयो त्यो नहुनु पर्थ्यो।" मलाइ डर लागिरहेको थ्यो आफैसङ।
"मलाइ बिश्वाश गर्नुस्!म कसैलाइ भन्ने छैन।"मलाइ उसको बिश्वाश थियो। अब आउने दिनहरुको बिश्वाश थिएन। सानी र मेरो यस सम्बन्धको गन्तब्यको ठेगान थिएन। यो कहा पुग्छ, त्यो पनि थाहा थिएन। वा पुग्दै पुग्दैन त्यो बिश्वाश थिएन।
"सानी, हाम्रो यो सम्बन्धको कुनै गन्तब्य छैन बुझ्यौ?"
"अँ" मात्रै भनी सानीले।
"तिमीलाइ समान्तर रेखाहरुको बारेमा थाहा छ?"
"हजुर!"
"हो, त्यस्तै समानान्तर रेखाहरु जस्तै हामी सङै सङै मात्रै हिड्छौ, तर कहि पनि पुग्दैनौ।"
"मैले बुझे।"
"म तिमीलाइ क्षणिक सुख बाहेक अरु केहि दिन सक्दिन। मेरो बाध्यता तिमीलाइ थाहै छ।" म उ आशक्त होली र म फेरि झमेलामा परुला भन्ने डर थियो।
"मलाइ केहिको आशा पनि छैन।" सानी बाहिर जान खोज्दैथी।
"सानी! सुन! यो प्रेम हो! बुझ्यौ?"
" यो प्रेम हैन।"
"अनि के त?"
"शारिरिक आबश्यक्ता।" सानी जिस्केकी हो कि जस्तो लाग्यो मलाइ।
"तर म तिमीलाइ माया गर्छु।"
"त्यो माया शरीरमा गएर टुङिन्छ, अनि कहा हुन्छ प्रेम?" सानीको प्रश्नले मलाइ पनि सोच्न बाध्य बनायो।
"त्यही त हो प्रेमको पूर्णता!"
"यस बिशयमा पछि कुरा गरुला। मुमालाइ खाना दिएर आँउछु।" भन्दै सानी तल गै।
म बेड मिलाउन थाले, तन्ना फेर्न थाली, सिरानीको खोल पनि, सुनि कागभन्दा बाठी छे। उसको सामु कुनै प्रमाण छोड्नु हुन्थेन। त्यसै त मलाइ निलुला झै गर्छे। झन् मेरो कमजोरी थाहा पाइ भने के गर्ली? एक्चोटि बाहिर जानु पर्ला भनेर, लुगा झिक्दै थे, सुनिको आवाज सुने बाहिर। अब भित्र बस्न पनि गार्हो, बाहिर जान पनि मुश्किल भयो मलाइ। जब जब सुनिको आवाज नजिक आउन थाल्यो, उति सम्हाल्न थाले आफुलाइ, घरि अनुहार हेर्थे, घरि कपाल मिलाउथे।
"ओइ, हिरो, कस्तो छ अहिले?" सुनिको मुड रसिक लाग्यो मलाइ।
"किन के भएको थ्यो र?" मैले उसको ब्यंग हो कि जस्तो महसुस गरे।
"टाउको दुखेको भनेको हैन? बिहान!" सुनिले आफ्नो ब्याग एकतिर राख्दै मेरो नजिक आइ।
"त्यो त तिमीले एस्पिरिन दिनासाथ निको भैहाल्यो नि।" म उसङ टाढिन खोजे।
"निको भएपनि म मसाज गरिदिन्छु नि तिम्रो टाउको, शरीर, सबै ठाउमा! के छ बिचार?" सुनि देब्रे आखा झिम्काउदै मेरो घाँटिमा झुन्डिन आइ। उसको आशय मैले बुझे।
"तिम्रो काममा जानु पर्दैन अब!" मैले उसको दुबै हातलाइ बिस्तारै घाँटिबाट हटाउदै भने।
"यो पनि त काम नै हो नि, हैन र?"सुनि रोमान्टिक हुन थाली।
"तर मेरो अपोइन्ट्मेन्ट छ १० मिनेटमा। हेर न, कस्तो टाइम यो? भरै बेलुकी म तिमीलाइ यसको ब्याज समेत माया गरुला।" मलाइ उसङ उम्किने बहाना चाहेको थ्यो। उसको गालामा हलुका चुम्बन गर्दैथे, ढोकामा सानी आइसकेकी रैछ।
"सुनि दिज्यु! हजुरलाइ के ल्याउ?" सानीले हामी दुबैलाइ नहेरी सोधी।
"अहिले केहि पर्दैन, एक गिलास चिसो पानी मात्रै।" सानी लगतै तल गइ।
"आज झन सबै कामहरु मिलाएर आएको म। तिमी चाहि बिजि! भरै पनि तिमीलाइ थकाइ लाग्ने त होला नि!" सुनिको रोमान्टिक मूड एकैछिनमा हरायो।
"प्रमिस! मैले भने नि भरै त्यस्तो हुदैन!" मेरो मुटु ढुकढुक भैरहेको थियो। मेरो शरीरमा अझै सानीको सुबास बाकि थियो।
"मलाइ यस्तो लाग्छ कहिलेकहि हामीले रोमान्सको लागि समय निकाल्नु पर्छ बुझ्यौ?बिहे पछि बच्चा, काम ब्यस्तताले हाम्रो जिबन कस्तो दिक्क बनाउदो रहेछ। तिमी पनि केहि दिन बिदा लेउ, म पनि लिन्छु अनि घुम्न जाउ तिमी र म मात्रै!" सुनिको प्रस्ताब अनायास सुनेर म झस्के।
"आज कताबाट तिमीलाइ यस्तो राम्रो राम्रो कुरा आयो हँ?"मलाइ सुनिप्रति पहिले भन्दा धेरै माया लाग्यो।
"कति काम मात्रै गर्ने, कहिले कहि आफ्नो जिबन पनि बाच्नु पर्यो भनेर नि! तिमीलाइ ढिलो होला, जाउ जाउ!" भन्दै उ फेरि ब्यागभित्रबाट फाइल खोलेर हेर्न थाली। उसको रहर छिनमै उम्लिन्छ र छिनमै सेलाउछ। म निस्केको देखि कि देखिन।
भरेङमा तल झर्दैथे, सानी पानीको गिलास लिएर माथी आँउदैथी। उसको आखा र मेरो आखा केहि क्षणलाइ जुधे, उ बिस्तारै मुस्काइ, उसको हातमा मैले हलुका स्पर्श गरे। उ लजाइ, र माथि उक्लन थाली। म तल
जादैथे, यसपटक हाम्रो गन्तब्य बिपरित दिशातिर थ्यो, समानान्तर थिदै थिएन।
क्रमश: