Posted by: crazy_love September 25, 2013
समानान्तर!
Login in to Rate this Post:     3       ?         Liked by

भाग- २

(साना साना भाइ बहिनीहरुलाइ यो कथा नपढ्नु हुन अनुरोध गर्छु, पढ्नै मन लागेमा १८ बर्ष पुगेपछि साझामा आएर पढ्नु होला।)

बिहान उठ्दा ९ बजिसकेको थियो, सुनि काममा गैसकेकी थी। सबैभन्दा पहिले उ नै घरबाट निस्किन्छे, ८ बजे, त्यसपछि सुबि र रुबि स्कुल जान्छन् ८३० तिर। मेरो आफ्नै काम हो मन लागे १० बजे जान्छु, नत्र १२ बजेपछि। मलाइ हतार छैन, कहि पुगिहाल्नु पर्दैन। नरेशले सबै हेर्छ रेस्टुरेन्टको काम, उता पसल हेर्ने राधेश्याम छदैछ। तैपनि मालिक भएको नाताले गैटोपल्छु। सुनिलाइ मेरो ढिलो उठ्ने बानी मन पर्दैन, घर बसीभने पनि कचकच गरिरहन्छे। त्यसैले उ नहुदा शान्ति महसुस हुन्छ। दाँत माझ्न जानु पर्‍यो भन्दै सोच्दै थे, "हजुरलाइ चिया बनाउ?" सानीको सानो स्वर मैले चिनिहाले।
"अँ, पकाउदै गरे हुन्छ, म नुहाएर तलै आउछु।" म बाथरुमतिर लागे।
नुहाएर बाहिर कोठाबाहिर निस्किदा सानी चिया लिएर भरेङमा आउदै रैछे, मलाइ कौसीमा बसेर चिया पिउन मन लाग्यो। उसले ल्याएको ट्रेबाट मैले चियाको कप लिए। उसले मेरो अनुहारमा पुलुक्क हेरि, फेरि संकोचबस नजर ओराली। मैले असहज बाताबरणलाइ सहज बनाउने कोशिस गरे।

"तिमीले चिया खायौ?"

"खाइसके!"

"सुनिले के खाइ बिहान?"

"कफी मात्रै पिउनु भयो। भरै खाना खान घर आँउछु भन्नु भएको छ।" सुनि आउने भनेपछि म घरमा बसिरहनु उचित थिएन। आउनासाथै फेरि गनगन शुरु भैहाल्छ। "अझै घरमै, किन ढिला उठेको? अलि active हुनु पर्‍यो!" बरु खान उतै खानु पर्ला जस्तो लाग्यो मलाइ।

"सुबि र रुबिले खाए कि खाएनन्?"

"खानुभयो! मुमाले एक्छिनपछि मात्र खान्छु भन्नु भएको छ। हजुर कतिबेला खानु हुन्छ?" सानी आफ्नो कार्यतालिका बनाउन ब्यस्त हुन थाली।
 
"मेरो चिन्ता गर्नु पर्दैन। मलाइ जतिखेर भोक लाग्छ त्यतिखेरै खान्छु। बरु मुमालाइ तातै खाना दिनु। त्यसपछि तिमीले पनि खाए हुन्छ।"

"हस्!" भन्दै सानी कौसी पर पर देखिने घर हेर्न थाली।

हिजो रातिभन्दा आज अलि परिपक्व जस्ती देखिन्थी सानी। रातो सेतो छिर्केबिर्के बुट्टभएको सारी लगाएकी थिइ, लुगाले पनि उसको शरीरलाइ परिपक्व देखाएको हुन सक्छ। उसको शरीरलाइ माथिदेखि तलसम्म हेरे, सुनिले भने जस्तै उसको सम्पूर्ण शरीर कमलो र सफा देकिन्थ्यो। हात खुट्टा सर्लक्क परेका चमिकिलो देखिन्थ्यो। बिचरी, यो उमेरमा लोग्नेसङ छुट्टिएर कसरी बाँचेकी होली? अलि राम्रो लुगा र जुत्ता लगाइदिने हो भने उ कुनै आधुनिक शहरीया युबती भन्दा कम देखिन्न थिइ।काँधभन्दा तलसम्म सानो चुल्ठो कपाल सर्लक्क एकै चुल्ठो बाटेकी थिइ। मैले एकोहोरो हेर्दा हेर्दै उ फरक्क मै पट्टि फर्कि र सप्कोले सकेसम्म छाती ढाक्ने कोशिश गर्न थाली, तर सप्को बाहिरपनि उसको बक्ष गोलाकार रुपमा प्रष्ट देखिन्थ्यो, मिलाएर राखेको पहाडको दुइ थुम्कोजस्तो।

"उमेर कति भयो तिम्रो?" मैले उसबाट नजर हटाउदै सोधे।

"अब २५ लाग्छु अर्को महिनामा!" उ फेरि सप्को मिलाउन थाली।

"हेर्दा त कलिलि देखिन्छ्यौ, २०-२२ जति। २५ भनेर कसैले पत्याउदैनन्।"

"सबैले त्यस्तै भन्छन्।" सानी आफ्नो खुशीलाइ लुकाउदै थी।

"तिम्रो छाला असाध्यै सफा र चम्किलो छ। कुन क्रिम लगाउछौ हँ?" मैले जिस्काए, फेरि अर्को अनर्थ नलागोस् भनेर तुरुन्तै सुनिको सन्दर्भ थपे "सुनिलाइ पनि त्यै क्रिम लगाउ भन्नु पर्‍यो।"

"त्यै फेयर एन्ड लव्ली त होनि, हातखुटामा त म सुत्ने बेलामा तोरीको तेल लगाउछु नि।" उसले आफ्नै हात हेर्दै भनी।
केहि बेरपछि उ आफै खुल्न थाली, सानैमा बिहे गरी, लोग्ने इन्डिया गयो बिहेको ३ बर्शपछि, पैसा कमाएपछि उसलाइ पनि सङै  लाने भनेर, तर ५ बर्षसम्म पनि फर्केन। त्यसपछि उ काकाको छोरीसङ काठमान्डु आइ, काम गर्नै पर्‍यो। अब उसलाइ लोग्नेको आश रहेन। ७ कक्षासमा पढेकी नि रैछ, कथाहरु पढ्न मन लाग्छ रे उसलाइ। मैले मेरो दराजमा रहेका केहि उपन्यासहरु उसलाइ दिए। दिउसो खासै काम पनि हुदैन उसको, समय कटाउन सजिलै हुन्छ भनेर।
२-३ महिनापछि उ केहि न केहि बहाना गरेर म सङ कुरा गर्न आउथी। कहिले उसले पढेको उपन्यासको कथा, कहिले उसको जिन्दगी, कहिले मेरो मनपर्ने खाना यस्तै यस्तै हुन्थ्यो कुराकानीको बिषय। मलाइ पनि उ मन पर्न थालेकी थि। केहि कुरा सुनेर उ छक्क पर्थी र आखा ठुलो पार्थी, मलाइ उ देखेर हाँस उठ्थ्यो।सुनि अब बिहानै गएर राति फर्किन्थी। झुलुक्क एकचोटि मुख देखाउथी र फेरि गायब हुन्थी। बच्चाहरु आफ्नै दुनियामा हुन्थे, किशोराबस्थामा प्रबेश गर्दै थिए। साथी भन्दा अरु केहि ठुलो थिएन उनिहरुको जिबनमा। मुमाको ब्यस्तता धार्मिक जिबन थियो। कहिले कुन सत्सङ कहिले कहा भजन यस्तै। घरमा यदि कोहि हुन्थ्यो भने सानी अनि म।

एकदिन मलाइ बिहानै देखि सन्चो थिएन। टाउको भारी भैरहेको थियो। सुनिले जाने बेलामा एस्पिरिन दिएकी थिइ, त्यसले एकैछिन काम गर्‍यो फेरि उस्तै दुख्न थाल्यो।

सानी आइ बिहानको कामधन्दा सकेर, "हजुरलाइ चिसो पानी ल्याइदिउ?"
"पर्दैन!" मैले निधार छोएर हेरे, अलिकति तातो जस्तो लाग्यो।

"ज्वरो आएको छ?" सानी सोधी।

"अलि अलि तातो जस्तो लाग्यो।" मैले उसलाइ सोधे, "एकचोटि मेरो निधार छाम त।"

उ अलि अप्ठ्यारो मान्दै आइ, बिस्तारै मेरो निधार छामी। "यति त मेरो पनि छ।" उसले आफ्नै निधार छामी। फेरि मेरो निधार छाम्न थाली।

"कस्तो चिसो हात तिम्रो!" मैले उसको हात छोए।

"भर्खरै पानी खेलेर आएको नि त!" सानीले आफ्नो हात मेरो हातबाट छुटाउने कोशिश गरी।

"तिमीलाइ मन पर्दैन भने--" मैले उसको हात छोडिदिए।

"कसैले देख्यो भने।" उ डराइ।

"यो तिम्रो र मेरो कुरा हो, अरुलाइ के मतलब?" मेरो हिम्मत बढ्न थाल्यो, मैले सानीलाइ हेरे, उसको नजर झुकेको थियो। फिका पहेलो सारीमा उसको सुकोमल शरीर मेरो स्पर्षको न्यानो माग्दैथ्यो। उ पनि त मान्छे हो, उसको पनि त रहर होलान्, म जस्तै उसलाइ पनि त मायाको जरुरत हुदो हो। सानी मेरो सामु  लल्याक लुलुक भैसकेकी थिइ, उ मेरो अँगालोमा आफैलाइ समर्पित गर्दैथी। मैले उसको अनुहारमा, ओठंमा, सम्पूर्ण शरीरमा चुम्न थाले, उ आखा बन्द गर्दै मलाइ अङाल्न थाली, उसको अङालो कसिलो हुन थाल्यो। बिस्तारै उसको शरीरबाट एक एक बस्त्र फुस्किन थाल्यो, र हामी केबल शरीर मात्र भयौं, पानी नजिकै भएर पनि तिर्खाएको जस्तो हाम्रो शरीर, एक अर्काको मायामा यसरी डुब्न थाल्यो, हामी दुबैको रहर यो भौतिक जगतभन्दा पर कहि मिलनबिन्दुमा गएर पोखियो, जहा चरम आनन्द थियो, अलौकिक सुख र मिठो अनुभब।

"सानी!"

"हजुर!" उसले लाजले अनुहार लुकाइ मेरो छातिभित्र।

"शायद स्वर्ग यही हुनु पर्छ!" मैले उसलाइ चुम्दै भने।

"स्वर्ग भएपछि नर्कको पनि अस्तित्व हुन्छ नि!" सानीको कुराले मलाइ फेरि सपनाबाट यथार्थमा ल्यायो।

"हो, स्वर्ग र नर्क यहि हुन्छ!" बाहिर घाम चर्केको देखेर मैले उसलाइ भने। "सानी लुगा लगाउ!" मैले आफ्नै लुगाहरु खोज्न थाले।

सानी हतार हतार लुगा लाउन थाली, कपाल मिलाउन थाली, मैले उसको अनुहारमा सन्तुस्टिको भाब देखे। हामी दुबैको चाहना पुरा भएको थियो। धेरै पछि म ताजा अनुभव गर्दैथे। शायद सानी पनि त्यस्तै अनुभव गर्दि हो।
to be continued....

Last edited: 25-Sep-13 04:56 PM
Read Full Discussion Thread for this article