Posted by: _____ September 25, 2013
आयल निगमका कार्यकारी निर्देशकसहित ४ उच्च अधिकारी समातिए
Login in to Rate this Post:     0       ?        
 

कर्मचारी पक्राउ विरोधमा पेट्रोलियम पदार्थको कारोबार ठप्प

 

२०७० असोज ९ गते १५:५२ मा प्रकाशित

९ असोज, विराटनगर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियमविपरीत बोनस वितरण गरेको अभियोगमा नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशकसहित चार जनालाई पक्राउ गरेको विरोधमा निगमको पूर्वाञ्चल क्षेत्रीय डिपोको कारोबार ठप्प भएको छ ।

पूर्वाञ्चल क्षेत्रीय कार्यालयका कर्मचारी र विभिन्न ट्रेड युनियनका पदाधिकारीले पक्राउ गरिएका कार्यकारी निर्देशकसहित सम्पूर्ण कर्मचारीलाई तुरुन्त रिहा गर्नुपर्ने माग गरेका छन् । उनीहरुले पक्राउ परेकाको रिहाइ नहुन्जेल डिपोबाट पेट्रोलियम पदार्थको बिक्री वितरण कारोबार ठप्प पार्ने चेतावनी दिएका छन् ।

निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालयबाट पूर्वका १६ जिल्लामा पेट्रालियम पदार्थ बिक्री वितरण हँुदै आएकोमा कारोबार ठप्प भएबाट पम्प र पेट्रोलियम व्यवसायी समस्यामा परेका छन् । पूर्वाञ्चलमा पेट्रोलियम पदार्थ बिक्री गर्ने करिब २०० पम्प रहेका छन् । रासस

 
“कर्मचारी पक्राउ विरोधमा पेट्रोलियम पदार्थको कारोबार ठप्प” मा प्राप्त २ प्रतिकृयाहरू
  • Nareshor लेख्नुहुन्छ    |   २०७० असोज ९ गते १६:०२

    नालायकहरु !!! भ्रस्टचारिलाई जगाउ भन्ने ?

    Like or Dislike: Thumb up 7 Thumb down 0

    [Reply]

  • राज लेख्नुहुन्छ    |   २०७० असोज ९ गते १६:२९

    थुइक्क भ्रष्ट्राचारीहरु देश लुट्यौ,तेल खाएर ऋण बोकायौ,जनतालाइ महंगी दियौ,कमिशन खायौ,मनलाग्दी भत्ता खायौ,लुगाधुने भत्ता पचायौ,अझ पुगेन बोनस खायौ त्यतिले नपुगेर २ करोड ६५ लाख जनताको भोको पेटमा लात हान्यौ अनि अहिले आएर अख्तियारले गरेको कारवाहीको विरोध गर्छौ ?

- See more at: http://www.onlinekhabar.com/2013/09/119936/#sthash.Xy4aCwEe.dpuf
Read Full Discussion Thread for this article