Posted by: poudelu September 16, 2013
लघुकथा: आफ्नो कथा आफ्नै ब्यथा
Login in to Rate this Post:     3       ?         Liked by
लघुकथा: आफ्नो कथा आफ्नै ब्यथा
-उत्तम

सधैं पकाउने बेलामा नाक बजाउने श्रीमती आज भने फुर्केर तीन ठुन्का पर्दै भान्छामा भाँडाकुँडा 'बजाउंदै' थिईन्, उनको शब्दमा 'पकाउँदै' | हावाले पनि भान्छामा पाक्दैगरेका परिकारको मिठा बास्नाको लुँडो सोहोरेर मेरो नाकमा झोँस्थ्यो, मिठरी दुख्थ्यो दिमागलाई अनि जिब्रोले तुरुक्क पार्थ्यो | म चाहिँ बिहान आँखाको परेला च्यात्तिनासाथै आफ्नै नित्यकर्ममा थिएँ, अर्थात साहित्यलेखनमा |

चितुवा,कुद्न; कुकुर,सुँघ्न; सुगर भा' बुढा, मुत्न; चिल, देख्न; र मेरो कलम लेख्न फेमस छ भन्ने कुरा स्वोर्गका नारद देखी पशुपतिका बाँदरसम्म सबैलाई थाहै थियो | त्यसैले लेख्नु मेरो धर्म थियो | लुतो आएकाहरु कन्याउँदै खुशी भएजस्तै, म अक्षरलाई पानामा खन्याउँदै खुशी थिएँ | त्यत्तिकैमा श्रीमती कोठामा आएर लाडीँदै सोधिन्- "के लेखेको बुढु ? कलेजको पेपर कि अफिसको प्रोजेक्ट ?"

मैले शानले भनें- "त्यस्तो फोकट्या ताँइ-न-तुइँका कुरा त जैले लेखे'नि हुन्छ | अहिले त म उपन्यास लेख्दैछु, श्रीमती पिडित श्रीमानहरुको दुख-बेदनामा आधारित हृदयबिधारक उपन्यास | नाम हो- "जिन्दगीको तालमा दु:खको कस्ती- बुढालाई सास्ती, बुढीलाई मस्ती; 'कस्ती' गयो तिरै-तिर, बुढालाई पर्यो पिरै-पिर, बुढीले खायो खिरै-खिर|"

उपन्यासको कुराले बुढीको पारो अचानक चढ्यो, उग्रचण्डी झैँ भाउन्निँदै बम्कन थालिन्-" मुखमा लाउने माड छैन **मा लाउने घिउ; धेरै निहुँ नखोज् बुढा भाचिदिँउला जिउ | चार पैसाको आम्दानी हुनेले किन दस पैसाको स्वांग पार्ने ? मेरो बा'ले दाइजोमा कम्पुटर देका'थे र खुब लेखक टोपलिन पा'का छौ | मुक्तक र लघुकथा त सहेकै हुँ मैले | उपन्यास त ज्यानजाला सहन्न | लु भन, तिमी मलाई छोड्छौ कि उपन्यासलाई ?"

बुढीको घैंटोमा घाम लगाम्ला भनेको त सहनशिलताको घैंटोमै प्वाल परे झैँ भो, किनकी तुरुरु गाली चुहिंदै थियो | मलाई पनि झोंक चल्यो र भनिदिँए- "म उपन्यास लेख्छु, तिमी जे सुकै गर|"

यत्ति बोल्ने बित्तिकै श्रीमती रुँदै अर्को कोठामा गईन् | नमज्जा त मलाई पनि लागेको थियो तर मलाई उपन्यास नै प्यारो थियो | हेर्दा-हेर्दै श्रीमतीले सुटकेसहरु प्याक गरेर ट्याक्सीलाई फोन गरिन् | मेरो बैबाहिक जीवन आफ्नै आँखा अगाडी ध्वस्त हुँदैथियो, एकमन त श्रीमतीलाई रोक्न मन थियो, र पनि सकिन |

ट्याक्सी आयो | श्रीमतीले त्यसपछि मेरो सर्टको खल्तीमा ख्यास्स केहि राखिदिइन् | मैले केहि सोध्नुअगाडीनै उनि आफैंले भनिन्, " तिमीलाई ट्याक्सी भाडा र सुटकेसको चापी|"
Read Full Discussion Thread for this article