Posted by: 36x36 September 11, 2013
हारेको मान्छे
Login in to Rate this Post:     0       ?        
    लाग्छ अब म सँग गल्ती हरुको पहाड भैसक्यो त्यसैले छेकेर तिमीलाई के छ भनेर नियाल्न नि नसक्ने        अवस्था को'
   गल्ती गर्दिन भन्छु खायसि मेरो बानी कहिलेइ नि सुध्रेन, मन भरी अतस मतस भएर गुम्सिएर बसेका       मेरा भावना कि कुन्ठित मनोदशा बाहिर अरुलाई च्वास्स बिझाउने गरेर दिएर जान्छ ।
नभए आफैलाई कसैको सामु मुहार देखाउन नसक्ने जस्तो गरि;
तिमीलाई देखे देखी मनमा काउकुती त तेसै लाग्न थाल्या हो तर मनमा कता कता एउटा सपना पनि त सजाउन थाले ।
पहिलो भेट खासै मन भरिने गरी भाको पनि हैन, म डाउनटावन जादै थिए बार्ट्मा तिमी पनि तेही थियौ मैले चिनेको बहिनिसँग, झल्ल्यास्स देखमै मनमा तरङ्ग पैदा भयो । एउटा हुन्छ नि एही हो मेरो लागी बनेको मलाई मेरै लागी भनेर बनाको जस्तो नजानिदो हक पनि पैद भैसक्याथ्यो ।तिम्रो रुपको सम्मोहनमा म डुबिसक्या रहेछु चुर्लुम्मै त्यही भएर र त मुखै फोरेरै चेते र बलेसँग तिम्रो फेसबुक आइडी फुत्काए ।
तेस्पछी तिम्रो इतिहास खोतल्खातल त दिन्भरी जोत्तिएर आएर पनि जुत्ता मात्र फुकालेर भएपनी खोजी छादे कती रात त जाग्राम बस्सियो अनि कस्सिएर फ्रेन्द रिकुएस्त नि पठाए तेस्पछी आउला एक्सेप्तेद भनेर आखा च्याती च्याती बसे उहु ज्यान गए आएन, अचम्मै भो मेरो लागी चक्कर लागे जस्तो भएर भान छुतेर आयो, पठाकै दुइ दिन भैसक्यो उहु ज्यान गए आउँदैन मलाई यो हार असाध्धै नमिठो लाग्यो ।  
 
Read Full Discussion Thread for this article