Posted by: ThahaChaena September 10, 2013
बुद्धलाइ किन गाली गर्नु र लौ
Login in to Rate this Post:     0       ?        
 मलाइ आजकाल एउटा कथा याद आयो बुद्धको बारेमा .  एउटा ब्यापारीले बुद्ध लै तथानाम गलिगरेछ , भन्नु नभन्नु भनेछ अनि बुद्धको एउटा सिश्य लाइ सारै रिस उठेछ र तेस व्यापारीलाई मर्न भनेर जना आतेछ अनि उसलाई रोक्दै बुद्धले भन्नु भएछ ,"जसरि तिम्ले आकाशमा फर्केर आकाश लाइ सरापेर गाली गरेर थुक्क थुक्छौ त्यो फर्केर थुक्ने कै मुखमा पर्छ आकाशलाइ तेस्ले केहि असर गर्दैन किन कि उसले त्यो ग्रहण नै गर्दैन , तेस्तै त्यो ब्यापारीले जति गाली गरोस त्यो सप्पै उस्सै कहाँ फर्केर गैरहेको छ किन कि मैले केहि ग्रहण नै गरेको छैन , उसको थुक उसकै मुखमा फर्केको छ , उसकै अनुहार कालो र मन धमिलो भएको छ , मलाई केहि भएको छैन केहि असर छैन. तेसैले तिमि शान्त बस ." अनि त्यो शिष्य शान्त बसेछ ..........साएद त्यस्तै अर्को धागोमा फुर्के जी ले पनि आफ्नो मन, जीवन, छबि र बचन धमिल्याउनु भो जस्तो लाग्यो मलाई चै..... 
 
बुद्ध जहाँ जन्मे जहाँ हुर्के जहाँ ज्ञान प्राप्त गरे जहाँ परिनिर्वण प्राप्त गरे सप्पैलाइ त्यो संग मतलब छ यो मतलब छैन किन "के हामीले बुद्धको ज्ञान को प्रायोग गर्याछौ? बोधी मार्गको 'बो' पनि थाहा छ ? मेरो बुद्ध मेरो देशको बुद्ध भनेर नि हुन्छ ? बुद्धत्व के हो बुझ्नुस न पहिले ? बुद्ध , बुद्धत्व र बोधी-ज्ञान न कुनै राष्ट्रको सिमा भित्र पर्छ न कुनै जातिको . यो त सबैको लागि खुल्ला छ . अब बुद्धको ज्ञान, सद्बिचार , पंचशील मन्त्र(बाटो)  चैं नमाने रे अनि बुद्ध मेरो देशको बुद्ध को कपाल तेरो देशको बुद्धको ममा घर अर्को राष्ट्रको भनेर नि हुन्छ र .....
 
खै के खै के ....... लौ सब को जय हो ....

हुन त सब एकसा एक छन् आफु त यस्तै हो .....
 
 
- थाहा छैन 


(हिज्जे र व्याकरणको लागि माफी माग्छु) 
Read Full Discussion Thread for this article