Posted by: Rahuldai September 9, 2013
Afganistan disappoints Nepal.........
Login in to Rate this Post:     0       ?        
 आशु जी  ( पुरानो साझा बासी )ले आफ्नो फेसबुक स्टाटसमा लेख्नु भाको एउटा उक्ति नेपालीमा अनुबाद गरी राख्न मन लाग्यो ...
" फूटबल यस्तो एउटा गेम हो जसमा २२ जना लास्तई मुर्ख ( अज्ञानी )हरु खेल्छन र लाखौँ बिशेषज्ञहरु ले हेर्छन. " 
 
खेल हो हारजित हुन्छ . जित मा धेरै फ़ुर्कियौ भने हार मा त्यति नै घुर्किन सक्छ . फूटबल खेल कौशल, शारीरिक क्षमता र राम्रो अभ्यासले मात्र जितिदैन. यी नितान्त आवश्यक तत्वहरु संग संगै बिबेक पनि प्रयोग गर्नु पर्ने हुन्छ. खेल र खेलाडी को रेकर्डहरुलाई विश्लेषण गरी तदनुसारको सुक्ष्म निर्णय लिनु जरुरि हुन्छ. विश्लेषण अनुसार एउटा गोलकिपरले पेनाल्टीमा डाइभ हान्ने  दिशा पूर्ब निर्धारित हुन्छ र १० मा ९ पल्ट एउतै दिशा मा डाइभ मार्ने हुन्छ. अब चन्द जी ले पहिलो भाग्यशाली प्रहार गर्दा बायाँ छलाङ्ग लगाए पछि दोस्रो प्रहार पनि त्यहि दिशा दिनु .............. दुर्भाग्य हैन, बिबेक प्रयोग नगर्नु हो. 
 
खेल पास राम्रो, द्रिब्लिंग राम्रो , ट्याकल जोरदार हुनुले जितिदैन , गोल गर्नै पर्छ. अफगानिस्तानले मौकाको सदुपयोग गर्र्यो त्यसैले राम्रो खेल्यो . नेपाली टिमले राम्रो खेल्यो र ब्याड लक् र हार्डले  हार्यो भन्नु " हरुवा गोरु को ...." र मनको लड्डु घिउ संग खानु मात्र हो. नेपाली टिम राम्रो छ तर त्यो दिन नराम्रो खेल्यो, यो यथार्थता स्वीकार्नै पर्छ . 
 
अर्को कुरा , सन् १९७९ देखि ( रुसी हस्तक्षेप ) बिदेशी हस्तक्षेप , गृहयुग्द, तालिबानी आतंकी शासन, पश्चिमी शक्तिको हस्तक्षेप आदिबाट बल्ल तल्ल उन्मुक्तिको सास फेरेको खण्डहर देशले यति छिटो क्रिक्रेट र फूटबल मा उल्लेख्य सुधार गर्र्यो , त्यसको लेखाजोखा गर्ने कहिले ?? इतिहासको आदिम काल देखि  कहिलेइ बिदेशी शक्तिको गुलाम नभएको देशको गर्विलो नाराले मात्र केही हुदैन . इमादार प्रयासको जरुरी छ . फिफाको अध्यक्ष बन्न गरिब देशका सस्था र व्यक्तिहरुलाई घुस खुवाई बर्खास्तमा परेका मलेशियाका हमाम हो कि हामिमको दाहिने हात र १ लाख डलर घुस होइन छोराको लागि सहयोग भनेर लिने व्यक्ति र तिनका चम्चाहरुले हामीलाई कहिले सम्म मुर्ख बनाइ रहने ?? 
Read Full Discussion Thread for this article