Posted by: Rahuldai August 28, 2013
अख्तियार संग जम्काभेट !!!!!
Login in to Rate this Post:     4       ?         Liked by
 अख्तियार संग जम्काभेट !!!!!

 
जागिर खाएको २-३ महिना मै अख्तियार पत्र आयो | तु . अनुसन्धान अधिकृत लाई भेट्न र फलानो दिन सम्म न आए पक्राउ गर्ने धम्कि समेत | ए बाबा जागिर खाएको २-३ महिना मा १.५ महिना त तालिम मै गयो त्यस पछि दशैँ को छुट्टी | खटाइएको कार्यालय मा हाजिर गरेको १०-१२ दिन नि भाको थिएन , कुनै फाइल मा  सहि गरे जस्तो लाग्दैन | दिनमा चैन रात को निद्रा हरायो | कुन चाहि काम मा अख्तियार पर्र्यो भनेर छानबिन गर्दा, म भन्दा पहिला त्यो कुर्चीमा बस्ने साहेब को पालाको सानो काम मा ५० हजार रुपैया को काम गडबड गरी लाभ लिएको भन्ने रहेछ |

 

आफु ले न गरेको काम भए नि जाने पर्र्यो , नत्र पक्राउ गर्छु भन्या छ | राम नाम जप्दै गइयो अख्तियार |  थुन्दिने हो कि भन्ने डरले चाहि ओठ  तालु सुक्याथ्यो| 

 

अनुसन्धान अधिकृतको कोठामा  गएर आफ्नो परिचय दिएँ| " येह तपाईं " भन्दै अगाडी कि कुर्चीमा बस्ने इशारा गरे साप ले |

 

"ल भन्नुस , तपाइंले यो प्रोजेक्ट मा कति पैसा खानु भयो ? ५० हजार को गडबड छ , तपाइको भाग मा कति पर्यो ??"

थर्काउने भाषा न भए पनि हाउ भाउ त्यस्तै थियो |

"यो प्रोजेक्ट मा न मेरो हात छ न खुट्टा छ साप 
मैले जागिर खानु भन्दा १ बर्ष अघि को प्रोजेक्ट, ६ महिना अघि नै फाइनल बिल , फाइनल साइट चेक, नाप जांच भैसकेको प्रोजेक्ट मा कसरि संलगन हुन्छु सर ?"

"अझ अख्तियार लाई उल्टो प्रश्न गर्ने , आज राती तपाईं घर जान पाउन हुन्न |( थुन्दिन्छु भनेको स्पष्ट छ )

 

संगै बसेको सहायक ( सुब्बा साहेब होला)ले "हैन टेन्सन न लिनुस साँचो कुरा बोल्दिनुस , सर बडा दयालु हुनुहुन्छ |" भने .... "एक छिन सर, म इन्जिनियर साहेब लाइ चिया खुवाएर ल्याउछु, सर को ओठ तालु सुकी सक्यो "  भन्दै बाहिर जाने संकेत गर्नु भयो सुब्बा साहेब ले|

"ल त  बस्नेत जी , उहाँ लाइ राम्रो संग सम्झाई दिनु होला"  भन्दै चिया ब्रेक को अनुमति दिनु भयो |

 

क्यान्टिनमा चिया खाँदै सुब्बा साहेब ले गाँठी को कुरा निकाल्नु भयो . "हैन सर तपाइको भाग मा साँच्ची कति पर्र्यो ?? ३० हजार , २५ हजार ??? ५०% मा कुरा मिल्छ , मेरो जिम्मा भो "|

 

"हरे शिब , मैले गरेको काम भए पो मैले खाएको ठहर्छ र ५०% को कुरा आउछ . म आउनु भन्दा धेरै अघि को घटना लाइ लिएर मलाइ सताउनु त भएन नि , पुरानै इन्जिनियरलाई पो समाउनु पर्छ . भ्रष्टाचार गरेको भए कार्यबाही गर्नुहोस , मलाइ किन बिनासित्ती दुख ??"

 

"हैन सर , तपाईं को नि एक ठाउँ मा सहि  भेट्टिएको छ , तपाईं फस्नु भयो , १० हजार सम्म मा तपाइँ को करियर जोगिन्छ म बिचार गर्नुस ."

 

फेरी उही अधिकृत को कोठामा पुगियो . सुब्बा साहेब संग केहि कानेखुसि गर्नु भयो .

 

तपाइँ को यस काण्ड मा हात छ , तपाईं लाई छोड्न मिल्दैन . मिल्ने कुरा तपाईं गर्नु हुन्न . गयो तपाइँ को जागिर .  लास्तई थर्कायो बाइ ......

 

खाएको बिष पो लाग्छ , न खाएको लाग्दैन भन्थे , हैन रहेछ . तै पनि हिम्मत हारिन . अख्तियार जाँदा केही तयारी गरेर गएको थिएँ. ब्याग बाट मेरो नियुक्ति को पत्रतालिम को पत्र , रवाना को पत्र  र त्यो फाइलको अन्तिम टिप्पणी को फोटो कपि निकाल्दै एक एक गर्दै दिएँ .

 

"लौ भन्नुस सर , कहा कसरी मैले भ्रस्टाचार गरें, मेरो गल्ती भएको भए सजाय भोग्न तयार छु " मैले भने.

एक एक गर्दै हेर्दै ..........." लौ यसमा फस्नु भयो .... यो तपाइको सिग्नेचर  हो कि हैन ?"  टिप्पणी को पाना देखाउदै भन्नु भयो ...

 

लौ सुन्नुस मेरो कुरा , मैले हिम्मत का साथ् भने. " ६  महिना अघि नै तत्कालिन इन्जिनियर साहेब र ओसी साहेब ले अन्तिम नाप जांच गरी सबै ठिक छ भनी फाइनल बिल बनाइ स्वकृत समेत भैसकेको र भुक्तानी को अन्तिम किस्साको लागि ठेकेदार ले निबेदन दिएको स्पष्ट छ , फाइल बाट . त्यो बेला बजेटको कारण २० हजार जति भुक्तानी बाकि रहेको र अर्को बजेट बाट ब्यबस्था गर्ने भन्ने निर्णय भएको . मैले जागिर खाए पछि त्यहि २० हजार बाँकी भुक्तानी पाउँ भनी ठकेदार ले निबेदन दिएको . हाकिम को तोक लागी मेरो टेबुलमा आएको . र टिप्पणी मैले लेखे पछि सहि गरेको हु ." 

 

यस्तो गुणस्तर हीन को काम मा तपाईं ले सहि गर्ने हुदैनथ्यो , तपाइँ फस्नु भयो .  अधिकृतको आशय स्पष्ट देखिन्थ्यो .

 

त्यो टिप्पणीको अन्तिम हरफ फेरी एक चोटी पढ्नु हुन्छ कि सर ?

"मैले किन पढ्ने तपाईं नि पढ्नुस " जंगियो साहेब .

 

" फलानो मिति मा अन्तिम नाप जांच भै , अन्तिम बिल स्वीकृत भएको र ठेकेदारको माग बमोजिमको रकम कार्यालय संग न भएको ले केही रकम बाहेक बाँकी रकम फलानो मिति मा भुक्तानी दिइएको . नयाँ बजेट आए पछि पुन: उक्त ठेकेदार ले बाँकी रकम भुक्तानी पाउँ भनि फलानो मिति मा निबेदन दिएकोमा निबेदन माथि "टिप्पणी " पेश गर्ने भनी मेरो नाउँ मा तोक आदेश भएकोमा निवेदक ठेकेदारले भुक्तानी माग गरेको सम्बन्ध मा उचित निर्णयार्थ पेश गरेको छु "

 

"लौ भन्नुस सर , न मैले भुक्तानी दिनु पर्छ भनेको छु, न दिनु पर्दैन . उचित निर्णयार्थ पेश गरेकोमा हाकिम साहेब ले भुक्तानी दिने -सदर  भनि सहि छाप गर्नु भएको छ . लौ भन्नुस सर मेरो हात खुट्टा कसरी हुन्छ त्यो बाँकी २० हजार को भुक्तानी मा पनि . एक त त्यो काम कुरा कस्तो भयो भएन बारे मा नि मलाइ केही थाहा छैन . कार्यालयको दैनिक काम कार्यबाही मा कलम घोटेको मात्र हु ." 

 

अब भने अनुसन्धान अधिकृत को हाउ भाउ बदलियो . यो मान्छेलाई फसाउन सकिन्न भन्ने लाग्यो कि कुन्नी .

"सुब्बा साहेब संग तारिख लिएर जानुस र बोलाएको बेला आउनुस."

यसरी त्यो दिन अख्तियारले जबर्जस्ति फसाउन खोज्दा नि जोगिएँ. भाषा मा पकड न भएको भए वा आफ्नो कारिन्दाको भर परेको भए आफुले नगरेको कामको अपजसमा पनि फसाएर छोड्थ्यो  अख्तियारले . कालान्तर सम्म पनि बिनासित्ती तारेख धाउनु बाध्य बनायो .

 

म जस्तै अनेक राष्ट्र सेवकहरु होलान , "झारेर खान पल्केका अधिकृतहरुले भ्रष्ट्राचार को नाम मा बिना कसूर फ़साइएका र फसेका .

साँची नै देश बेचेर खानेहरु , न भएको लडाकु को भत्ता खानेहरु देश हाँकी रहेका छन् , केही भ्रष्ट्रहरुलाई थुनेर भ्रष्ट्रहरुले नै पुण्य कमाएको झ्याली पिटिरहेका छन् .

अस्तु !!!!!

 
Read Full Discussion Thread for this article