Posted by: _____ August 21, 2013
नेपालीको रेकर्ड बन्ला पो जस्तो छ है : पवन चाम्लिङ
Login in to Rate this Post:     0       ?        
 

नेपालीको रेकर्ड बन्ला पो जस्तो छ है : पवन चाम्लिङ

नेपाली भाषा : 'भारतमा जातीयता, नेपालमा राष्ट्रियता'



५ भदौ, काठमाडौं । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले नेपालीले पनि सफलतापूर्वक राज्य चलाउन सक्छ भनेर गर्व गर्नुपर्ने बताउनुभएको छ । गान्तोकमा आयोजित नेपाली भाषासम्बन्धी एक अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री चाम्लिङले नेपाली भाषा नेपालका लागि राष्ट्रियता र भारतका लागि जातीयताको प्रतीक भएको बताउनुभयो ।

PAWAN-CHAMLINGआफूलाई धेरै नेपालीहरुले भारतीय नमान्ने गरेको र नेपाली नागरिक रहेको आरोप लगाउने गरेको चाम्लिङले गुनासो गर्नुभयो । नेपाली भाषाको भारतीइ पत्रिका हिमालयन दर्पणले मुख्यमन्त्री चाम्लिङको भनाइ उधृत गर्दै लेखेको छ,-’आज सारा भारतीय नेपालीहरुले गर्व गर्नुपर्छ । नेपालीले पनि सफलतासित राज्य चलाउन सक्छ भनेर गर्व गर्नुपर्छ । आजको दिनमा मसँगै चारपल्ट मुख्यमन्त्री हुनेहरु देशमा चार जनामा छन् । मैले २० वर्ष सरकार चलाएको छु भो मभन्दा अधिक ज्योति बसुले २३ वर्ष सरकार चलाएका थिए । नेपालीको रेकर्ड बन्लाजस्तो पो छ है ।’

नेपाली भाषीको बाहुल्य रहेको भारतीय राज्य सिक्किममा आयोजित नेपाली भाषासम्बन्धी वृहत अन्तरक्रियामा वक्ताहरुले नेपाली भाषा रोजगारमुखी नभएको र नेपाली भाषाप्रति विकर्षण बढ्दै गएको तर्कप्रति मुख्यमन्त्री चाम्लिङले असहमति जनाउनुभयो । ‘नेपाली भाषालाई रोजगारमुखी बनाउनुपर्छ भन्ने कुरामा मेरो असहमति छ,’ उहाँले भन्नुभयो,’शिक्षालाई रोजगारसित जोड्दा शिक्षाको आत्मा मर्छ । शिक्षालाई हुनेखाने पैसावालहरुले व्यापारको साधन बनाएका छन् । व्यापारमुखी शिक्षाले शिक्षक तयार पार्छ तर प्लेटोजस्तो असल शिक्षक जन्माउन सक्दैन । नेता जन्माउन सक्छ तर गान्धीजी र कार्ल मार्क्सजस्तो असल नेता जन्माउन सक्दैन ।’

दार्जीलिङमा ठूलो प्राकृतिक प्रकोप

यसैवीच नेपाली भाषी बाहुल्य रहेको दार्जीलिङमा गोर्खाल्याण्ड आन्दोलनको मार परिरहेका बेला मंगलबार भिषण आधी आउँदा करोडौंको क्षति भएको छ । आँधीले रुख ढाल्दा कयौं घरअरु भत्किएका छन् ।

उता अलग राज्यको माग बढिरहेकै बेला पीश्चम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सेप्टेम्बरमा दार्जीलिङ भ्रमण गर्ने कुराले पनि आन्दोलनकारीहरुमा नयाँ तरंग उत्पन्न गरेको छ

Read Full Discussion Thread for this article