Posted by: _____ August 18, 2013
काश्मीरमा गोर्खा सैनिकको मृत्यु
Login in to Rate this Post:     0       ?        
 

काश्मीरमा गोर्खा सैनिकको मृत्यु

 
(0 Votes)
 
 
 


कास्की, भाद्र २ - 'छुट्टीमा घर आउँदैछु, छोरीको पहिलो जन्मदिन सँगै बसेर मनाउँला,' २ साताअघि रणबहादुर गुरुङले पत्नी मनकुमारीलाई टेलिफोनमा भनेका थिए ।

तर भारत-पाकिस्तान सीमामा भएको उग्रवादी आक्रमणमा उनको १९ साउनमा मृत्यु भयो । आगामी १८ भदौमा छोरी रिखाको पहिलो जन्मदिन परिवारसँगै मनाउने उनको चाहना पूरा भएन । कास्कीको ताङतिङ घर भई पोखरा फूलबारी बस्दै आएका रणबहादुर ९ वर्षअघि भारतीय गोर्खा रेजिमेन्टको 'फाइभ फाइभ जीआर' मा भर्ती भएका थिए । टेलिफोनमा उनले आफू अहिले अलि खतरनाक स्थानमा तैनाथ रहेको पत्नीलाई बताएका

थिए । रणबहादुर र मनकुमारीको विवाह १९ मंसिर ०६८ मा विवाह थियो । परिवारकै एक्लो छोरा गुमाएपछि बाबु गंगाबहादुर, आमा हाइशुभा, पत्नी मनकुमारी र छोरी रिखाको खुसी खोसिएको छ । बाबु गंगाबहादुरले भने, 'एउटै भएको छोरा पनि रहेन अब कसको मुख हेरेर चित्त बुझाउने ।'

रणबहादुरको शव स्वदेश ल्याइएन, भारतमै अन्त्येष्टि गरिएको थियो । ४ दिनसम्म लडेका उनलाई २ उग्रवादी ढालेपछि गोली लागेको थियो । उनी भदौ पहिलो साता छुट्टीमा घर आउने तयारीमा थिए । गत चैतमा १ महिनाको छुट्टीमा आएपछि उनी पहिलोपटक काश्मीरको भारत-पाक सीमामा खटाइएका थिए । पृथ्वीनारायण क्याम्पसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेपछि उनी भारतीय गोर्खा सेनामा भर्ती भएका थिए ।

 

 

प्रकाशित मिति: २०७० भाद्र २ ०९:०९

- See more at: http://www.ekantipur.com/np/2070/5/2/full-story/374176.html#sthash.DL0X9SNM.dpuf
Read Full Discussion Thread for this article