Posted by: _____ August 14, 2013
बेलायती सांसदको छनोटमा नेपाली रेष्टुरेन्ट उत्कृष्ट
Login in to Rate this Post:     0       ?        
 

बेलायती सांसदको छनोटमा नेपाली रेष्टुरेन्ट उत्कृष्ट

 
(3 Votes)
 
 
 
 
HolY
 
 


लन्डन , श्रावण ३० - बेलायतको सर्वदलिय सांसदहरु सम्मिलित 'टिफिन क्लव' ले गर्ने टिफिन कप अवार्डस् २०१३ मा नेपाली रेष्टुरेन्ट उत्कृष्ट भएको छ । लन्डन ब्याटरसीस्थित 'होली काउ' रेष्टुरेन्टले बेलायतभरका दक्षिण एसियाली रेष्टुरेन्टबीच सबैभन्दा उत्कृष्ट हुनेलाई दिइने टिफिन कप प्राप्त गरेको हो ।

बेलायतको संसद हाउस अफ कमन्समा वर्षेनी आयोजना हुने टिफिन कपमा होली काउले ग्राहकहरुको सबैभन्दा धेरै मत पाएको सञ्चालक एवं गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष कुल आचार्यले जनाए । होली काउका लन्डनमा सात शाखा छन् जसमध्ये ब्याटरसी रेष्टुरेन्ट सन् २००६ मा खुलेको पहिलो शाखा हो ।

ब्याटरसी, बाल्हम र वान्ड्सवोर्थ एमपी जेन इलिसनले टिफिन कपका लागि आफ्नो क्षेत्रबाट होली काउ रेष्टुरेन्ट सिफारिस गर्दै जिताउन सबैमा आग्रह गरेकी थिइन् । यसमा प्रत्येक क्षेत्रका सांसदहरुलाई मन परेको एउटा रेष्टुरेन्ट सिफारिस गर्न दिइने प्रावधान छ । सिफारिसपछि त्यस क्षेत्रका ग्राहकले आफ्नो रोजाइको रेष्टुरेन्ट भोटिङ मार्फत छान्न सक्छन् । यस अलावा उक्त रेष्टुरेन्टको गुणस्तर, सेवा आदिबारे चरणवद्ध रुपमा विभिन्न तरिकाबाट आकस्मिक परीक्षण गरिन्छ ।

अवार्ड जितेसँगै नेपाल प्रेमी बेलायती सांसद इलिसनले रेष्टुरेन्ट आएर सञ्चालक आचार्यलाई टिफिन कप अंकित सेफ ज्याकेट र सर्टिफिकेट हस्तान्तरण गरेकी थिइन् । 'म नियमित आइरहने रेष्टुरेन्ट उत्कृष्ट बन्दा ज्यादै खुशी छु', इलिसनले भनिन्, 'समस्त कर्मचारीहरुको परिश्रमले यो प्रतिष्ठित अवार्ड दिलाएको छ, मलाई आशा छ भविष्यमा पनि रेष्टुरेन्टले सबैको मन जित्न सक्नेछ ।' रमाइलो संयोग के भने इलिसन लामो समय ब्याटरसीस्थित नेपाल रोडमा बसेकी थिइन् । उनले होली काउसँग मिलेर धेरै च्यारिटी काम समेत गरेकी छिन् ।

सञ्चालक आचार्यले यस्तो उपलव्धिबाट आफूमा अझ जिम्मेवारी थपिएको जनाउँदै भविष्यमा पनि खानाको गुणस्तर र सेवामा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

- See more at: http://www.ekantipur.com/np/2070/4/30/full-story/373979.html#sthash.A8y4PUtU.dpuf
Read Full Discussion Thread for this article