Posted by: _____ August 13, 2013
दाइजोमा भारतीयलाई नागरिकता !
Login in to Rate this Post:     0       ?        
 

दाइजोमा भारतीयलाई नागरिकता !

 


 

३० साउन, धरान । सुनसरी नर्सिङ-७ का अन्सुल अन्सारीले भारतीय ज्वाइँलाई दाइजोस्वरुप नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको खुलासा भएको छ । उनले छोरीज्वाइँ भारतीय नागरिक मोहम्मद मजजरुल अन्सारीलाई बिहेअघिको सर्त अनुसार अबैध रुपमा नागरिकताको प्रमाणपत्र दिलाएका हुन् । गाविसका सचिव धाताराम सुवेदीको सिफारिसमा जिल्ला प्रशासन कार्यालय सुनसरीवाट नजागरिकता पाउने उनी भारत अररिया जिल्लास्थित रामपुरका ३२ बर्षीय मजरुल हुन् ।

प्रशासकीय अधिकृत जयनारायण यादवले हस्ताक्षर गरेको नागरिकता नम्बर ०६०१७०-०३०७७ छ ।  मजरुललाई २०४७ बैशाख १८ गतेको जन्ममिति राखेर २०७० असार ६ गते नागरिकता दिइएको थियो । जिल्ला प्रशासन कार्यालयको रेडर्कमा नर्सिङ ७ स्थायी ठेगानाबाट बंशजका आधारमा उल्लेछ । आजको अन्नपूर्ण दैनिकले समाचार छापेको छ । गाविससचिव सुवेदीले मजरुलको २०६७ माघ ७ गते जन्म दर्ता भएको प्रमाणपत्र नागरिकता लिनका लागि पेश गरेको देखिन्छ । उनले वास्तविक उमेरभन्दा नौ वर्ष घटाएका छन् ।

भारतीयलाई नेपाली नागरिकता दिँदा ठूलो आर्थिक चलखेल भएको भन्दै घटनाबारे अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक ओमप्रकाश खनालले वताए । लागू औषध कारोबारमा मुद्दा खेपिरहेका मजरुललाई नागरिकता एनेबमोजिम पनि मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने उनले वताए ।

 
Read Full Discussion Thread for this article