Posted by: _____ July 29, 2013
‘एक लाखमा खोलेको बेकरीबाट पाँच करोडको सम्पत्ति जोडेँ’
Login in to Rate this Post:     0       ?        
 

‘एक लाखमा खोलेको बेकरीबाट पाँच करोडको सम्पत्ति जोडेँ’

 

१४ साउन, बागलुङ, तेह्र वर्षअघि गाउँबाट व्यवसाय गर्न सदरमुकाम आएका यहाँका एक युवाले बेकरी पसलबाट करोडभन्दा बढी कमाउन सफल हुनुभएको छ ।

सदरमुकामको बागलुङ छिमेकी गाविस पाला-६, बाटुलेका तुलसीराम गौतमले बेकरी सञ्चालन गरेर मनग्य आम्दानी जोड्नुभएको हो । छोटो अवधिमै राम्रो व्यावसायिक सफलता हासिल गर्नुभएका गौतमको परिवार अहिले सदरमुकाममै घरजग्गा जोडेर बसेको छ ।

हाल बागलुङ नगरपालिका-२ शिवधाराचोकका बसोबास गर्ने गौतमले सानो लगानीमा सुरु गरेको बेकरी पसलबाट गरेको आर्थिक आर्जन घर तथा घडेरीमा लगानी गरेको बताउनुभयो ।

सदरमुकाममा तीन वटा नयाँ घरको निर्माण तथा तीन वटा घडेरी खरिद गर्दा करिब पाँच करोड जति खर्च भएको गौतमले जानकारी दिनुभयो । तुलसीरामले सुरु गर्नुभएको बेकरी व्यवसायमा उहाँका भाइलगायत सिङ्गै परिवार संलग्न छ । एकै परिवारका चारभाइ मिलेर व्यवसायलाई विस्तार गरेपछि मनग्य आम्दानी हुन थालेको हो ।

सदरमुकादेखि नजिकै रहेको पाला गाविसबाट व्यवसाय गर्नकै लागि २०५७ सालमा सदरमुकाम आएका तुलसीराम गौतमको परिवारले सानो लगानीको बेकरी पसलबाट ठूलो व्यावसायिक सफलता हात पारेको हो । गौतमको परिवारले अहिले कर्मठ र सफल व्यावसायिक परिवारको रूपमा परिचय बनाएको छ ।

यस्तो कमाइएला भनेर सोचेकै थिइनँ

व्यवसाय सुरु गरेको चार भाइमध्येका जेठा दाजु तुलसीराम गौतमले आफ्नो परिवारले यस्तो व्यावसायिक सफलता हासिल गर्ला भनेर कहिल्यै नसोचेको बताउनुभयो ।

करिब एक लाखको लगानीमा सदरमुकाममा प्रगति प्रतिभा प|mेस बेकरी पसल सञ्चालन गर्नुभएका गौतमले पछि दुई स्थानबाट आफ्नो सेवा विस्तार गर्नुभएको हो । बानपा-२ शिवधाराचोक र लोकतान्त्रिक चोक नजिकैबाट बेकरी पसल सञ्चालन भइरहेको गौतमले जानकारी दिनुभयो ।

घरका आठ जना खटिन्छौं

‘बिहान ४ बजेदेखि नै हाम्रो काम सुरु हुन्छ’ गौतमले भन्नुभयो । ‘हामी घरकै आठ जनालाई काम भ्याइनभ्याइ भइरहेको छ, राति अबेरसम्म काममा व्यस्त हुनुपर्छ ।’ उहाँका भाइ राजु, दीपक, धु्रव, बुहारी पवित्रा, सरस्वती र सनमले व्यवसायमा प्रत्यक्ष रूपमा सहभागी हुनुहुन्छ ।

‘लामो दुःख र सङ्र्घषबाट कमाइ पनि राम्रो गर्न सकिएको हो’ तुलसीरामका माइला भाइ राजुले भन्नुभयो- “परिवार नै सर्मपित भएर व्यवसायमा लागेपछि केही न केही हुँदोरहेछ ।”

गौतम परिवारका अनुसार सदरमुकाममा रहेका घर र घडेरीको मूल्य गर्दा कम्तीमा पाँच करोडको सम्पत्ति हुनआउँछ । ‘गाउँमा भएको घरजग्गा बेचेर आएको तीन लाखबाहेक सबै पैसा हामीले गरेको परिश्रमबाट आर्जन भएको हो’ गौतमले भन्नुभयो ।

मुख्य कारोबार दुनोटको

बेकरी पसलमा मुख्य गरेर बिक्री हुने सामान भने दुनोट बन्ने गरेको छ । त्यसबाहेक विभिन्न बेकरीका परिकार, जन्मदिनको केक, चियालगायत अन्य चिसो पेयपदार्थ पनि बेच्ने गरेको गौतमले बताउनुभयो ।

तीनै भाइका श्रीमतीले व्यवसायमा कडा परिश्रमका साथ सहयोग गरिरहनुभएको छ । ‘दैनिक ५० जति दुनोट अहिले पनि बेच्ने गरेका छौँ पहिले त हजारभन्दा पनि बढी बिक्री हुने गथ्र्यो’ जेठा दाजु तुलसीरामकी श्रीमती पवित्राले भन्नुभयो । पवित्रा र कान्छी बुहारी सनमले बानपा-२ लोकतान्त्रिक चोकको पसलको जिम्मा लिएर काम गरिरहनुभएको छ । अन्य भाइले शिवधाराचोकमा रहेको आफ्नै घरबाट बेकरी पसल, पाउरोटी भट्टी, ओभन सञ्चालन गरिरहनुभएको छ ।

तुलसीराम पोखराको एउटा बेकरी पसलमा एक महिना काम गरेपछि बेकरीको काम सिक्नुभएको थियो । पछि बागलुङ फर्केर बेकरी खोलेपछि परिवारले नै व्यावसायिकरूपमा नसोचेको लाभ उठाएको हो ।

दुई सय कप चिया बेचिन्छ

तुलसीरामकी श्रीमती र बुहारीले चलाएको बेकरी र चिया पसल बजारमै ‘दिदीबहिनी चियापसल’ भनेर चर्चित समेत छ । दैनिक २०० कप त चिया मात्रै बेच्ने गरेको पवित्राको अनुभव छ । पहिले पहिले त चिया र दुनोटको एकदमै व्यापार हुने उहाँले बताउनुभयो । ‘दैनिक ४०० कपभन्दा बढी त चिया नै बेच्ने गथ्र्यौ’ पवित्राले भन्नुभयो ।

दुईतिर व्यवसाय सञ्चालन गरेका गौतम परिवारको यो सफलता देखेर सबैले प्रशङ्सा पनि गर्ने गरेका छन् । मेहनत र लगावका साथ व्यवसाय गरे स्वदेशमै राम्रो आर्थिक आर्जन गर्न सकिने रहेछ भन्ने उदाहरण गौतम परिवार बनेको छ । बुढेसकालका बुबाआमाको साथमा बस्दै आएका तुलसीराम र उहाँको परिवार अहिले सफल व्यावसायिकको रूपमा बागलुङमा चिनिँदै आएका छन् । रासस

Read Full Discussion Thread for this article