Posted by: _____ July 28, 2013
अहिले राजतन्त्र फर्किने सम्भावना छैन’
Login in to Rate this Post:     0       ?        
 तपाईं प्रधानसेनापति हुँदा धेरै बोल्नुहुन्थ्यो, विवादमा तानिनुहुन्थ्यो । अहिले पनि प्रचारमोह सकिएको छैन ?


मलाई प्रचारमोह चाहिएको होइन । नेपाली सेनाले वैधानिक सरकारको वैधानिक आदेश मात्र पालना गर्छ भनेर मैले भनेकै हो किनभने मलाई अब सेनामाथि हमला हुन्छ भन्ने सुरुमै थाहा थियो । त्यसैले मैले सार्वजनिक रूपमै कानुनसम्मत आदेश मात्र मान्छौं है भनेको हो ।


२०१७ पुस १, २०५९ असोज १८ र २०६१ माघ १९ मा भएका 'कू’ का घटनामा त सेनाले प्रजातान्त्रिक पद्धति र संविधानविरुद्ध दरबारलाई सघाएको बिर्सन मिल्छ र ?

म त्यो मान्दिनँ । त्यसबेलाको संविधान पढ्नुपर्छ हामीले । त्यसबेलाको संविधानमा जेजस्तो व्यवस्था थियो, सेनाले त्यसैलाई मानेको थियो ।  
 

'माघ १९’ मा हतियारधारी सेनालाई सञ्चारमाध्ययमा पठाएर आफूअनुकूल समाचार लेख्न दबाब दिनु पनि संविधानसम्मत थियो ?

हतियारधारी त मलाई थाहा छैन तर पोसाक लगाएको सैनिक सम्पादकका कक्षमा बसेर यो लेख, यो नलेख भनेको भन्ने सुनेको हो । यो त पाच्य हुने कुरै छैन । त्यसबेला नेपाली सेना प्रजातन्त्र, संविधान र राज्यको चौथो अंग मानिने सञ्चारमाध्यमका पक्षमा छ भन्ने सन्देश दिन सक्नुपथ्र्यो । मेरो कार्यकालमा हरेक पत्रकारलाई, विरोधमा लेख्ने पत्रकारलाई पनि हप्तामा एकपटक भेट्ने व्यवस्था मिलाएको थिएँ । सायद त्यो कुरा सेनामा अहिले पनि चालु होला । हामीले संसारको गति बुझ्नुपथ्र्यो । २१ आंै शताब्दीमा १६ औं शताब्दीको जस्तो राजसंस्था राख्न खोज्दा जनताले, अन्तर्राष्ट्रिय समुदायले विरोध गर्नु स्वाभाविक थियो । परिवर्तित हुने प्रशस्त मौका मिलेको हो, त्यो हुन सकेन ।
 

हाम्रोमा दोष पन्छाउने चलन छ । माघ १९ होस् वा राजा सक्रिय रहँदा तपाईं त अघोषित सल्लाहकारजस्तो 'कोर ग्रुप’ मा हुनुहुन्थ्यो । त्यसबेला चाहिं किन राम्रो सल्लाह नदिएको त ?

नेपालमा राजा र सेनाको सम्बन्ध के हो भने, प्रधानसेनापतिसँग बाहेक उहाँले अरू कसैसँग कुरा गर्नुहुन्नथ्यो । हामी कहिलेकाहीं प्रधानसेनापतिको पछि लागेर भेट्न जान्थ्यौं तर प्रधानसेनापतिलाई नसोधी हामीले केही कुरा गर्दैनथ्यौं । मलाई नै मुमाहजुर (रत्न) ले हुर्काएको, कान्छो छोरा बनाएर राखेको भन्छन् । नारायणहिटीमा त म एक रात पनि सुतेको छैन ।


अबको १० वर्षमा नेपालको अवस्था के होला भन्ने लाग्छ ?

नेपालको अवस्था अझै केही वर्ष अन्योलग्रस्त नै रहनेछ । अझै पनि नेपालका नेताहरू एक ठाउँमा बसेर नेपाल र नेपालीको हितमा सोच्दैनन् भने यो अवस्था अझै लम्बिन्छ । राज्यका निकायहरू जसरी कमजोर, भताभुंग हुन थालेका छन्, त्यो भनेको 'फेल्ड स्टेट' तिर जानु हो ।  

- See more at: http://www.ekantipur.com/np/2070/4/13/full-story/372935.html#sthash.zpcC12Er.dpuf
Read Full Discussion Thread for this article