Posted by: Tmobile July 26, 2013
टर्कीमा अपहरणकारी कुटेर फर्केका नेपालीको वयान
Login in to Rate this Post:     0       ?        


अब अरु केहि सुन्न बांकि छ यो माऔबादीहरुको ??????
 


वैद्य माओवादीको बैठकमै ज्ञानेन्द्रबारे बहस

'सिक्किमीकरण हुनुभन्दा राजाले लिनु जाति'

29
 

११ साउन, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले पोलिटब्यूरो बैठकमै छलफल गरेर पूर्वराजा ज्ञानेन्द्र राष्ट्रवादी भएको निष्कर्ष निकालेको छ । अहिलेका प्रमुख दलहरुभन्दा ज्ञानेन्द्र राष्ट्रवादी भएकोले राष्ट्रवादीहरुको मोर्चामा उनलाई समेत ल्याउनुपर्ने माओवादीको निश्कर्ष छ ।

पोखरा बैठक लगतै बुद्धनगरमा बसेको पोलिटव्यूरोमा भएको छलफल अनुसार नै सचिव नेत्रविक्रम चन्दले ज्ञानेन्द्रसँग सहकार्य गर्न सकिने अभिव्यक्ति दिनु भएको थियो । जसलाई अध्यक्ष बैद्यले समेत समर्थन गर्नु भएको छ ।

gyanendra-vs.-baidyaआफूहरु गणतन्त्रकै पक्षमा रहने तर, पूर्वराजाले पनि राष्ट्रवादी शक्तिको प्रतिनिधित्व गर्ने भएकाले उनीसँग सम्बन्ध राख्न सकिने बैठकमा छलफल भएको माओवादी स्रोतले बतायो । ‘देशभक्त पूर्वदरबारियाहरुलाई राष्ट्रिय स्वाधीनताको मुद्दामा मोर्चामा ल्याउन सकिनेबारे पोलिटब्यूरो बैठकमा छलफल भयो र यसक्रममा पूर्वराजालाई के गर्ने भन्ने प्रश्न पनि उठ्यो’- स्रोतले भन्यो,’पूर्वराजा ज्ञानेन्द्र नागरिक भैसके पनि उनी एउटा मनोवैज्ञानिक पावर भएकाले उनीसँग पनि सम्वाद गर्न हुन्छ र गर्न सकिन्छ भन्ने टुंगोमा माओवादी पार्टी पुगेकै हो ।’

तपाईहरुले ज्ञानेन्द्रलाई ‘सांस्कृतिक राजा’ बनाउन लाग्नुभएको हो ? भन्ने अनलाइनखबरको प्रश्नमा एक माओवादी नेताले भने-’बाह्रबुँदे समझदारीमा राजतन्त्र हटाउने भनिएको थिएन, यसमा ज्ञानेन्द्रले धोका पाएकै हुन् । तर, अब हामी सांस्कृतिक वा कुनै पनि प्रकारको राजतन्त्रमा र्फकने सम्भावना छैन ।’

राजतन्त्र नफर्काउने हो भने के आधारमा ज्ञानेन्द्रसँग सहकार्य हुन्छ भन्ने प्रश्नमा माओवादी नेता भन्छन्, ‘अब राजा बन्नेबाहेक राष्ट्रियताका मुद्दामा उनीसँग नजिक हुन सकिन्छ । ज्ञानेन्द्रले विगतमा भारतसँग झुकेका भए नेपाल सिक्किमीकरण वा भूटानीकरण हुन्थ्यो, तर, उनले राष्ट्रियतामा अडान राखेकै हुन् ।’

बाह्रबुँदेको आलोचना

वैद्य नेतृत्वको माओवादीले तत्कालीन सात दल र माओवादीवीच सम्पन्न बाह्रबुँदे सम्झौताको समेत आलोचना गर्दै आएको छ । सो सम्झौता भारतको सुझावमा गरिएको र त्यसले राजा र राष्ट्रवादी धारलाई धोका दिएको माओवादी निश्कर्ष छ । नेपालको जनतान्त्रिक आन्दोलनमा राष्ट्रियताको प्रश्न महत्वपूर्ण हुने भएकाले यसमा पूर्वराजावादीहरु समेटिन सक्ने उसको निश्कर्ष छ । तर, यस्तो देशभक्तहरुको मोर्चा कस्तो हुने भन्ने बारेमा चाहिँ माओवादी नेताहरु आफैं स्पष्ट छैनन् ।

ज्ञानेन्द्र र भारतबारे माओवादीमा दुईलाइन

त्यसो त माओवादीभित्र राजा र भारतलाई हेर्ने दृष्टिकोणबारे धेरै पहिलेदेखि नै विवाद हुँदै आएको छ । विगतमा भारतलाई प्रधानशत्रु भन्ने कि राजाको नेतृत्वमा रहेको देशीय सामन्तवादलाई प्रधान शत्रु मान्ने भन्ने विषयमा कम्युनष्टिहरुवीच निकै ठूलो विवाद थियो । तत्कालीन प्रचण्ड नेतृत्वको नेकपा मसाल, पूर्वमाले लगायतका शक्तिले घरेलु सामन्तवादलाई प्रधान शत्रु मान्थ्यो भने मसाल लगायतका पार्टीले ‘भारतीय विस्तारवाद’ र राजतन्त्र दुवैलाई समान शत्रु मान्थे ।

जनयुद्धमा गएपछि पन माओवादीभित्र राजा र भारत बारे तीब्र बहस भयो । विशेष गरी लाबाङ बैठकमा बाबुराम भट्टराईमाथि कारवाही सँगै राजावादी र नेपाली सेनालाई पनि साथमा लिएर भारतसँग सुरुङ युद्ध लड्ने निश्कर्ष निकालियो । यसको अर्थ राष्ट्रियताका नाममा दरबारसँग मिल्ने भन्ने नै थियो । तर, अकस्मात भारतमा मोहन वैद्य र सीपी गजुरेलको गिरफ्तारी अनि नेपालमा ज्ञानेन्द्रले सत्ता हातमा लिने क्रमसँगै एमाओवादी पार्टी एकाएक राजासँग मिलेर भारतसँग लड्ने नीतिको उल्टो भारत र लोकतन्त्रवादी दलहरुसँग मिलेर राजासँग लड्ने निधोमा पुग्यो ।

विश्लेषकहरुका अनुसार त्यतिबेलै राजा ज्ञानेन्द्रले माओवादीसँग मिलेर संसदवादीलाई प्रतिबन्ध लगाउन राजी भैदिएको भए राजा र माओवादीको गठबन्धन त्यतिबेलै भइसक्ने थियो । यतिबेला वैद्य नेतृत्वको माओवादीले राष्ट्रियता कमजोर भएको भन्दै पूर्वराजावादी -उसका शब्दमा देशभक्त) हरुसँग मिलेर राष्ट्रिय स्वाधीनताको आन्दोलन गर्ने निधो गरेको हो ।

सिक्किमीकरण हुनुभन्दा त राजाले लिनु जाति

तपाईहरुले यसरी ज्ञानेन्द्रलाई उकास्दा भोलि उनले लोकतन्त्र नै खाइदिए र राजतन्त्र पुस्र्थापना गरे भने के गर्नुहुन्छ भन्ने प्रश्नमा माओवादी नेताले अनलाइनखबरसँग भने- ‘लोकतन्त्रका नाममा देशै नरहनुभन्दा त्यो अवस्थामा देश त रहला । अहिले इराकीहरु भन्न थालेका छन्, सद्दामका पालामा निरंशुकता भए पनि कम्तिमा स्वाधीन राष्ट्र त थियो ।’ उनले थपे- ‘यतिका वर्षसम्म लोकतन्त्र रहेर जनताले के पाए ? अहिलेका चारदलका नेताभन्दा पूर्वराजा महेन्द्रमा राष्ट्रवादी अडान थियो । र, ज्ञानेन्द्रले पनि महेन्द्रले जस्तै भारतसँग नझुकेर राष्ट्रवादी अडान राखेकै हुन् । पूर्वराजा वीरेन्द्रसँग हाम्रो सहकार्य हुनै लागेको थियो, त्यसैले राष्ट्रियताको मामिलामा पूर्वराजा ज्ञानेन्द्रसँग पनि सम्वाद र छलफल हुन सक्छ भन्ने हाम्रो निश्कर्ष हो ।’

पूर्वराजावादीहरुसँग सहकार्य गर्न सकिने माओवादी निश्कर्षले ल्याउन सक्ने सम्भावित परिणामहरु यस्ता हुन सक्छन् :

- वैद्यपक्षले पूर्वराजावादीलाई सकारात्मक ठाउँ दिँदा त्यसको फाइदा आगामी संविधानसभामा माओवादीले नभई कमल थापाको राजतन्त्रवादी दलले उठाउने छ । संविधानसभामा राजावादीले बहुमतै हासिल नगरे पनि गणतन्त्रवादीहरुको दुई तिहाई मत परिणालाई रोक्न चाहेका छन् । आगामी संविधानसभामा गणतन्त्रवादीको दुईतिहाइ मत आएन भने संविधानसभाबाट संविधान पारित हुन सक्दैन र गणतन्त्र, संघीयता र धर्म निरपेक्षताका मुद्दाहरु असफल हुन्छन् ।

- वैद्य पक्षले देशभक्तहरुको मोर्चा बनाउने भने पनि राजावादीहरु गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको पक्षमा नरहेकाले त्यस्तो मोर्चा बन्ने भौतिक आधार तत्कालै देखिँदैन । तर, यसले गणतन्त्रवादीहरुको कित्तामा निकै ठूलो तरंग उत्पन्न गराउने देखिन्छ ।

- राजतन्त्रवादीहरुका लागि संविधानसभाको चुनाव चाँडो हुनुभन्दा पछि सर्नु र सकभर नहुनुमै फाइदा छ । त्यसैले आगामी मंसिर ४ को चुनाव नहोस् भन्न्े राजतन्त्रवादीहरुको चाहना छ । भन्नका लागि त कमल थापाहरु चाँडो चुनाव होस् भनिरहेका छन् । तर, उनीहरुलाई जति ढीलो चुनाव हुन्छ, उति नै आफ्नो पोजिसन राम्रो पार्ने र लोकतन्त्रवादी दलहरुको बदनामीको फाइदा उठाउने अवसर मिल्ने छ ।

- दरबारियाहरु आफैंले चुनाव बिथोल्न सक्ने उनीहरुको शक्ति या तयारी छैन । यो स्थितिमा वैद्य माओवादीको गतिविधिले चुनाव बिथोलियो भने त्यसको फाइदा लिन सकिन्छ भन्ने मनसुवा पूर्वराजावादीहरुमा छ । र, यसमा वैद्यहरुले राजावादीलाई कम र राजावादीले वैद्यहरुलाई बढी फाइदा पुर्याउने सम्भावना छ । उता राजावादीहरु जागे भने चारदलको सेखी झार्न सकिन्छ भन्ने वैद्य पक्षलाई लागेको छ ।

Read Full Discussion Thread for this article